Saturday, March 17, 2018

सहमतिमा नआए ताल्चा तोडेर कार्य सञ्चालन गर्छौ ः मेयर मण्डल

जनकपुरधाम, २ चैत । धनुषाको हंसपुर कठपुल्लाका मेयर रामज्ञान मण्डलले उपमेयर रेणु झाले सहमतिमा नआएमा ताल्चा तोडेर पनि जनताको कार्य सञ्चालन गर्ने बताएका छन् ।

जनकपुरधाममा विहिवार पत्रकार सम्मेलन गरी मेयर मण्डलले के कारणले ताल्चा लगाइएको हो सो सम्बन्धमा आफू सहित कसैलाई थाहा नभएको र कुनै प्रकारको लिखित प्रतिवेदन समेत नगरपालिकामा नपरेको बताएका छन् । मेयर मण्डलले भने, ‘उपमेयर रिता झालाई सहमति तथा सहकार्य गरी जनताको कार्यलाई सहज पार्न पहिला पनि र अहिले पत्रकार सम्मेलन मार्फत पनि आग्रह गर्दछौ ।’ उनले उपमेयर झालाई प्राथमिकता राखेर नै नगरपालिकाको कार्य अगाडि बढाउँदै आएको भन्दै विभिन्न मिडियामा उपमेयर झाले दिएको वक्तव्य मिथ्या रहेको दोहोर्याएका छन् ।
कानून र संविधान विपरित आफू कुनै कार्य गर्दैनौ । उपमेयर झालाई न्यायिक समितिको संयोजक, विधानमा मस्यौदा समितिको संयोजक, अनुगमन तथा मूल्यांकन समितिको संयोजक, गैर सरकारी संघ संस्थाहरुको समन्व्य तथा सम्झौत गर्ने अधिकार, कर निर्धारण तथा परामर्श समितिको संयोजक समेत बनाएको मेयर मण्डलले भने ।
मेयर मण्डलले कार्यालय सार्ने तथा विशेष बैठक सम्बन्धी अहिलेसम्म कुनै तिथि मिति र समय नतोकिएको स्पष्टिकरण दिदै के कारण तालाबन्दी गरिएको यस सन्दर्भमा आफू अनभिज्ञ रहेको जिकिर गरेका छन् ।
उनले उपमेयर झाले नगरपालिकामा ताल्चा लगाएर अराजक स्थिति उत्पन्न गरेको आरोप लगाउँदै यसले आम जनताको मौलिक कार्य जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सामाजिक विकास योजनाहरु, औषधी उपचारका दैनिकी कार्य सञ्चालनमा बाधा अवरोध उत्पन्न भएको बताएका छन् । उपमेयर तथा वडा नं. २ का वडा अध्यक्षको मनोमानीमा ताल्चा लगाउने र खोल्ने प्रक्रियाले बढाएको तनावले जनता विधिको शासनको उपहास गरी इष्र्या, वैमनश्यता, झै झगडा हुने वातावरण सृजना गराएको भन्दै तालाबन्दीले गर्दा कक्षा ८ को बार्ड परीक्षा पनि प्रभावित हुने बताएका छन् ।पत्रकार सम्मेलनमा वडा अध्यक्ष, बोर्ड सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment