Thursday, March 29, 2018

चैत तेस्रो साता विशाल महावीर झण्डा मेला


जनकपुरधाम, १५ चैत । जनकपुर उपमहानगरपालिका वडा नंं १८ प्र.को महुवामा चैत तेस्रो साता विशाल महावीर झण्डा मेल लाग्ने  भएको छ । 
हनुमान जयन्तिको अवसरमा चैत १७ गते सो मेला शुभारम्भ हुने मेला समितिका अध्यक्ष एवं उपमहानगरपालिका १८ का अध्यक्ष रामशंकर पासमानले बताएका छन् । उनले अहिलेसम्मकै अत्याधुनिक किसिमले सजाइएको बताएका छन् ।
मेलामा २० फिटको हनुमानजीको हातमा १०५ फिटको झण्डा ठडयाइने अध्यक्ष पासमानले जनाएका छन् । सात दिनसम्म लाग्ने मेलामा झरी झरी, महिला पहलवानी, सांस्कतिक कार्यक्रम लगायतको प्रतियोगिता हुने छ । मेलालाई झुला, हिलोरी, मौतका कुआ लगायतका रहेको आयोजकले जनाइएको छ ।
१५ लाखको लागतमा सुरु हुन गइरहेको झण्डोत्सव मेलामा पाच लाख व्यक्ति मेला भर्न आउने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष पासवानले जनाएका छन ।
समिति अध्यक्ष पासमानले हनुमान भगवानको हातमा १०५ फिट लामो, झण्डाको चौडाई ५ फिट रहेको छ भने मेलामा चैत्र १७ गते विहान कलश यात्रा, बेलुकी जनकपुरधाम उपाहानगरपालिकाद्धारा मेला उदघाटन, १८ गते जागरण कार्यक्रम, १९ गते कुमर व्रिजभानको नाटक प्रस्तुत गरिने, २० गते शिलानाथ बरही नाटक, २१ गते कवाली कार्यक्रम र मेलाको मुख्य आकर्षण चैत २२ र २३ गते हुने महिला पहलवानी मेला रहेको छ । जसमा पुरुष र महिला दुवैको अलग अलग प्रतिस्पर्धा रहेको मेला व्यवस्थापन समितिका सचिव रामु साहले वताएका छन ।
सचिव साहले पहलवानी प्रतियोगीताका लागि भारतको अयोध्याबाट ३५ जनाको टोली आउने र विजेता हुने प्रथम टिमलाई साढे तीन फिटको हनुमानको गद्दा, द्वितिय हुनेलाई तीन फिटको हनुमानको गद्दा र तृतिय हुनेलाई अढाई फिटको हनुमानको गद्दा पुरस्कार दिइने बताएका छन् । त्यसैगरी मिथिला संस्कृतिको धेरै पुरानो मानिएको झरी झरी प्रतियोगीतामा विजेता हुने टोलीलाई शिल्ड प्रदान गरिने बताएका छन् ।

No comments:

Post a Comment