Tuesday, December 31, 2019

प्रदेश २ मा ७४७ जना पीडित, बलात्कार र हत्याको संख्या बढी चारवटा ‘पालिका’ एउटै व्यक्तिको हाथमाःराज्यमन्त्री यादव


जनकपुरधाम, १५ पुस ।  आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले चारवटा पालिका एउटै व्यक्तिको हाथमा रहेको दावी गरेकी छन् ।
जनकपुरधाममा मंगलवार अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित ‘अन्तरक्रिया’ कार्यक्रममा राज्यमन्त्री यादवले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा पत्रकारिता एउटै व्यक्तिको हाथमा रहेको जिकिर गरिन् । उनले प्रधानमन्त्रीलाई संकेत गर्दै भनिन, ‘मुलुक विकास नहुनुमा एउटै कारण हो, एक्कलौटी हुकुमत । चारवटै पालिकालाई आफ्नो हाथमा लिएर एकलौटी गरिरहेका छन् ।’
‘प्रदेशका नागरिकले शान्ति सुरक्षा प्रदेश सरकारबाट चाहिन्छ । तर प्रदेश सरकर शान्ति सुरक्षाको सवालमा अधिकार विहीन छ । प्रदेशलाई अधिकारै दिएको छैन’ उनले भनिन, ‘संघीयतालाई सफल हुन नदिन यो षड्यन्त्र हो । संघीय सरकारको मानसिकता प्रदेश सरकारसँग राम्रो छैन ।’
इन्सेक प्रदेश २ का संयोजक राजु पासमानको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राज्यमन्त्री यादवले मानव अधिकारको अवस्था यस प्रदेशमा निक्कै कमजोर छन् । कमजोरमाथि बलियो व्यक्ति वा निकायले मानव अधिकार हनन गरिराखेका छन् । मानव अधिकार तथ्यांक संकल्न बाहेक केही गर्न नसकेको बताइन । उनले भनिन, ‘प्रशासनको तथ्यांकलाई मानव अधिकारले सार्वजनिक गरेमा त्यो तथ्यांक सन्तुष्टिजनक हुँदैन । स्थलगत र सत्यतथ्य तथ्यांक ल्याउनु पर्दछ । ’ उनले देशका कर्मचारी इमान्दार मात्र भई दियोमा मुलुकमा घटनै हुँदेन, तर यहाँका सुरक्षा निकायदेखि लिएर कर्मचारीसम्म इमान्दार नरहेको बताएकी छन् ।
कार्यक्रममा राष्टिूय मानव अधिकार आयोगका प्रदेश संयोजक वीरबहादुर बुढामगर, बार एशोसिएशनका अधिवक्ता श्रीराम साह लगायतका व्यक्तिहरुले धारणा राखेका थिए ।

प्रदेश २ मा ७४७ जना पीडित, बलात्कार र हत्याको संख्या बढी
प्रदेश २ मा २०७५ पुस १७ गतेदेखि मंसिरसम्ममा ७४७ वटा मानव अधिकारको घटना उल्लंघन घटनामा पीडित बनेका छ । जसमध्ये बलात्कार र हत्याको संख्या बढी रहेको एउटा तथ्यांकले जनाएको छ ।
जनकपुरधाममा इन्सेकको प्रदेश कार्यालयले प्रस्तुत गरेको एकवर्षको तथ्यांकमा एकवर्षमा प्रदेश २ मा ७४७ वटा मानव अधिकार घटना पीडित भएको छ । ती मध्ये राज्यपक्षबाट १०१ र गैर राज्यपक्षबाट ६४६ वटा रहेको उल्लेख छ । बलात्कारको घटना २०८ रहेको छ भन्ने हत्या ७५ जनाको भएको तथ्यांकमा छ ।
राज्यपक्ष घाइते ३२, गैरराज्यपक्षबाट १८, बालअधिकार राज्यपक्षबाट २ र गैरराज्यपक्षबाट २०२, अमानवीय व्यवहार राज्यपक्षबाट ५, गैर राज्यपक्षबाट ७, महिला अधिकार हनन, गैरराज्यपक्षबाट २०२, धम्की तथा कुटपिट राज्यप्षबाट ४, गैरराज्यपक्षबाट ७०, अपहराण् गैरराज्यपक्षबाट १३, पक्राउ राज्यपक्षबाट ५५, जातिय विभेद गैर राज्यपक्षबाट ४, हत्या राज्यपक्षबाट ३ र गैर राज्यपक्षबाट ७५ रहेको छ ।
धनुषामा १४४ मानव अधिकार उल्लंघन, १५ जनालाई
धनुषामा मात्र राज्यपक्षबाट ५४ जना र गैरराज्यपक्षबाट ९० जना मानव अधिकार पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र सिंहले तथ्यांक प्रस्तुत गरेको छ । तथ्यांकमा गैरराज्यपक्षबाट १५ जनाको हत्या भएको छ भन्ने बालिका बलात्कारको घटना २५ वटा रहेको जनाएको छ ।



No comments:

Post a Comment