Sunday, December 29, 2019

महिला किसानको तेस्रो साधारण सभा सम्पन्न

जनकपुरधाम, १३ पुस । धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ स्थित महिला साना किसान तथा बचत ऋण सहकारी संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ आईतवार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कंचना झाको अध्यक्षतामा भएको वार्षिक साधारण सभाका प्रमुख अतिथि सोही नगरपालिकाका मेयर रामज्ञान मण्डलले गरिबी न्यूनिकरणका लागि सहकारी संस्थाहरुले अहम भूमिका खेल्दै आएको बताएका छन् । उनले भने, ‘कृषि सहकारी मार्फत कृषि उत्पादन बढ्ने छ विश्वास लिएका छौं । कृषि उत्पादनमा सहकारी संस्थाले सहयोग गरेमा कृषिको बजारीकरण र भण्डारण नगरपालिकाकाले गर्ने छ ।’
मेयर मण्डलले भने ‘कृषि सहकारी संस्था अगाडि बढेमा गरिबी न्यूनिकरणका साथै शिक्षा र स्वास्थ्यमा सुधार आउने छ ।’ नगरपालिकालाई समृद्ध बनाउनका लागि सहकारी मार्फत सानासाना उद्योग धन्धा सञ्चालन गर्नुपर्दछ । साना उद्योग धन्धा सञ्चालनमा नगरपालिकाले पनि सहयोग गर्ने मेयर मण्डलले बताएका छन् ।
मेयर मण्डलले भने, ‘नगरपालिकाले छिट्टै महिलाहरुका लागि सिलाई कढाई लगायतको तालिम ल्याउन लागेको हो । सिलाई कढाई तालिमलाई सदुपयोग गरेमा गरीबी स्वतः न्यूनिकरण हुनेछ ।’
हँसपुर नगरपालिकालाई ग्रमीणमुखी होइन, शहरमुखी विकास गर्ने छौं मेयर मण्डलले भने, ‘त्यसका लागि दातृसँग कुरा भई सकेको छ । यसको परिणाम छिट्टै नै आउने छ ।’
संस्थाका अध्यक्ष कञ्चना झाले संस्थाका वार्षिक आयव्याय प्रस्तुत गर्नुका साथै लक्ष्यको बारेमा समेत सुझाएकी थिइन । कार्यक्रममा हँसपुर नगरपालिकाकी उपमेयर रेणु कुमारी झा लगायत दर्जनौं व्यक्तिले शुभकामना दिएका थिए ।

No comments:

Post a Comment