Saturday, December 28, 2019

‘साथीलाई मोटरसाइकल पैचौ दिदा पुगे प्रहरी हिरासतमा’

जनकपुरधाम, १२ पुस । इमरजन्सी हो भनेर कसैले मोटरसाइकल माँगेमा नदिने कुरै छैन । तर दिएमा प्रहरीले समातेर हिरासतमा राखेको सुन्दा जो सुकेलाई पनि आश्चर्य लाग्न सक्छ ? आफ्नै मोटरसाइकल इमरजन्सी हो भनेर साथीले मागेपछि त्यही मोटरसाइकल चढ्दा प्रहरीले समातेको नपत्याउने जस्तो रहेछ । तर कुरा सत्य हो !
घटना पुस ८ गते मंगलवारको हो । धनुषाको धनौजी गाउँपालिका वडा नं. १ का सदस्य नागेन्द्र प्रसाद साहसँग सोही वडाका मुकेश साह (परोसी)ले मलाई इमरजन्सी छ,  मोटरसाइकल दिनुस भनेर लगेका थिए । एक घण्टामा उनी आएन । पुस ९ गते साँझ ती मोटरसाइकल नागेन्द्र साहलाई दिइयो । साहले पुस १० गते त्यही मोटरसाइकलमा आफ्नी चाचीलाई उपचारको लागि जनकपुर आउने क्रममा भन्सारका सशस्त्र प्रहरीले साह र मोटरसाइकललाई समातेर जिल्ला प्रहरीमा बुझाएका छन् । चेक जाँचको क्रममा मोटरसाइकलको ट्ंयाकीबाट ४३ थान सुई लागु औषध भेटायो ।
यसरी घट्यो घटना
पुस ८ गते वडा सदस्य नगेन्द्र साह (मोटरसाइकल धनी) धनौजी बजारमा चिया खाई रहेका थिए । समय साँझ ५ बजेको होला । साहकै परोसी मुकेश साहले नागेन्द्रलाई भने, ‘मलाई एक क्षिणका लागि मोटरसाइकल दिनुस, म खानाबाट मोवाइल लिएर आउँछु (खाना भारतको हरिने बजारमा पर्दछ) ।’ परोसी बुझेर नागेन्द्रले मुकेशलाई मोटरसाइकल दिए । मुकेश केही टाढा गएपछि एकजना उहाँको साथी भेटायो, उहाँको नाम थियो हरी साह । उ पनि त्यही वडाका रहेछ ।
मुकेश र हरी दुबैले भारतीय बजारमा गएर चिया खान लागे । त्यतिकैमा हरिले मुकेशलाई भन्यो ‘मलाई एक घण्टाका लागि मोटरसाइकल दिनुस् मलाई केही कार्य छ गरेर आउँछु ।’ ती मोटरसाइकल लिएर हरीले अन्त्यै गए । एक दुईघण्टा पश्चात् फेरी ती मोटरसाइलमा चढेर मुकेश र हरी गाउँ फर्के । मंगलवार लिएको मोटरसाइकल बुधवार साँझमा नागेन्द्र साहलाई फर्काइयो ।
पुस १० गते नागेन्द्र साह आफ्नी चाचीको उपचारका लागि जनकपुरका लागि प्रस्थान गरे । साहलाई जनकपुरधाम उपमहानगरपालिका १६ स्थित चौकी नजिकैमा सशस्त्र प्रहरीले रोक्यो । कागजातहरु चेकजाँच पश्चात् सशस्त्रले भने, ‘तपाईको मोटरसाइकलको ट्यांकीमा लागू औषध छ, तपाईलाई मसँग भन्सारमा जानुपर्छ ।’ साहले सशस्त्र कुरा सुनेर छक्क परे र उनले हुन्छ भनेर भन्सार पुगे । त्यहाँ तेल ट्यांकीलाई काट्दा त्यसबाट २३ थान पेन्टाजाइन सुई र २० वटा हाइटूो कोलोराइड सुई भटायो । अहिले उनी प्रहरी नियन्त्रणमा छन् । प्रहरीले मुकेशलाई पनि पक्राउ गरेको छ, हरी साह फरार छन् ।
रिसिभी साध्यो ः पीडित
नागेन्द्र साहकी श्रीमती कल्पना साहले आफूसँग हरी साहले रिसिवी साधेको आरोप लगाएका छन् । हरी साहले मेरो श्रीमानलाई फसाएर हो कल्पना साहले भनिन ‘अश्विसनमा जिल्ला प्रहरीबाट खटेका प्रहरीले हरी साहको भाई धर्मेन्द्र साहको घरमा छापामारी गरेका थिए । छापामारीको क्रममा केही सामानहरु पक्राउ परेको थियो । त्यतिबेलामा मेरा श्रीमान नागेन्द्र साह र वडा अध्यक्ष श्याम किशोर साहले प्रहरीको कागजातमा सही गरेका थिए ।’
उनले भने त्यही रिसवी साध्नका लागि मोटरसाइकलमा लागू ओषध राखेर सशस्त्र प्रहरीलाई समेत खबर गरेर श्रीमानलाई फसाउने कार्य गरेको बताएकी छन् ।

No comments:

Post a Comment