Tuesday, December 24, 2019

‘प्रारम्भिक शिक्षा समाग्रीमै समस्या’


जनकपुरधाम, ८ पुस । नेपाल सरकारद्वारा प्रदेश २ मा भएको ‘राष्टिूय प्रारम्भिक कक्षा पढाई’ कार्यक्रमको मंगलवार जनकपुरधाममा समीक्षा तथा मूल्यांकन गरेको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सिप कमजोर देखिएकोले सोमा सुधार ल्याउने उद्देश्यका साथ ‘राष्टिूय प्रारम्भिक कक्षा पढाई’ कार्यक्रम ल्याइएको छ । एक वर्षमा प्रदेश २ मा सो शिक्षामा भएको सुधार र प्रगतिबारेमा समीक्षा गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौको आयोजनामा भएको ‘प्रदेशस्तरीय प्रबोधिकरण’ कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले यो कार्यक्रम बालबालिकाका लागि प्रभावकारी तब हुन्छ जब शिक्षकहरुले इमान्दारी पूर्वक कार्य गर्छन । तथ्यांंक अनुसार प्रारम्भिक शिक्षा सुधार तर्फ रहेको औल्याएका छन् ।
‘प्रारम्भिक शिक्षा राम्रो भएमा अगामी दिनमा परिणाम पनि राम्रो हुन्छ । विद्यालयका शिक्षक(शिक्षिकाले प्रारम्भिक शिक्षामा सुधार ल्याएमा शिक्षाका सबै क्षेत्र सुध्रिन्छ’ मन्त्री साहले भने, ‘तराई मधेशका जिल्लाहरुमा गरिबी, बरोजगारी लगायतको समस्याले बालबालिकाहरु विद्यालय जाँदैन, विद्यालय आउन वातावरण निर्माणमा शिक्षक, शिक्षिकाको महत्वपूर्ण योगदान हुन्छ ।’
जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख बख्रू प्रसाद रजकको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव युवराज पौडेलले विस्तृत रुपमा तथ्यांंक बारेमा जानकारी गराएका छन् । उनले प्रस्तुत गरेको तथ्यांकमा नेपाली पहिलो भाषा भएका विद्यार्थी जसले शुद्धसँग पढेका छन् कक्षा १ मा ५.८, कक्षा २ मा ८.७, कक्षा ३ मा १२.७ रहेको छ । त्यस्तै नेपाली दोस्रो भाषा भएका विद्यार्थी कक्षा १ मा १.२, कक्षा २ मा १.४ र कक्षा ३ मा ४.५ रहेको उल्लेख छ ।
त्यस्तै प्रादेशिक शिक्षा तालिम केन्द्र बाराका अध्यक्ष गोपाल प्रसाद कर्णेलले बेलाबेलामा शिक्षक तालिम हुनुपर्ने, जनक शिक्षा समाग्रीले समयमा पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, व्यवस्थित किसिमले कार्यक्रम हुनुपर्ने भएमा मात्र सुधारमा आउने बताएका छन् । तर सबभन्दा समस्या यिनीहरु समयमा उपलब्ध नहुँदा हुने गरेको बताएका छन् ।
‘विद्यालयमा शुरु भएको ‘दिवा खाजा’ले विद्यार्थीहरुलाई ल्याउन, ठिकाउन र सिखाउनमा धेरै सहयोग गरेको छ’ जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख ब्रखु प्रसाद रजकले भने ‘विद्यार्थीहरु विद्यालय आउन छाडेका थिए । आएपनि टिफिनमै भाग्ने गर्दथे । तर दिवा खाजा भएपछि आउँछ, ठिक्छ र सिख्छन् पनि ।’
उनले गत वर्ष स्थानीय सरकार मार्फत शिक्षामा आएको बजेट फ्रिज भएको सुन्दा निक्कै दुःखद लाग्यो । एकतर्फ विद्यालयहरुमा पर्याप्त समाग्री छैन, अर्कोतिर स्थानीय सरकार रकम फ्रिज गरिरहेको छ । यसले पनि शिक्षामा प्रभाव पारिरहेको बताएका छन् ।
कार्यक्रममा विभिन्न जिल्लाका शिक्षा अधिकारीहरुले विद्यालयको प्रगति र समस्या बारेमा विचार राखेका थिए ।
बिद्यालयमा भर्ना भएका सबै बालबालिकालाई नियमित बिद्यालयमा उपस्थित गराउन तथा बिदा भएको दिन वा अन्य फुर्सतको समयमा बालबालिकाको पढाई शिपमा सुधार गर्न टोल पढाई समुहहरु गठन पनि गरिएको हो ।


No comments:

Post a Comment