Saturday, December 28, 2019

मधेशी खेलगा, मधेश खिलेगा ः साँसद साह

जनकपुरधाम, १२ पुस । राजपाका सचेतक एवं प्रदेश सभा सदस्य परमेश्वर साहले मधेशी युवाहरु विभिन्न खेलमा आफ्नो प्रतिभा उजगार गर्न सफल भएमा मात्र मधेश समृद्ध भएर खिलने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैयामा क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश साँसद साहले हिन्दीमा भने, ‘मधेशी खेलगा, मधेश खिलेगा ।’
‘खेलबाट खेलाडी र राष्टूको पहिचान स्थापित हुन्छ । देश र समाज समृद्धि हुन्छ’ साँसद साहले भने, ‘मधेशी युवाको खेलमा कसरी प्रोत्साहन गर्न सकिन्छ नेपाल सरकार चाहना रहेन । नेपाल सरकारले नगरेको कार्य स्थानीय र प्रदेश सरकारले गरेर देखाउने छ ।’
उनले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि स्थानीय स्थानीय सरकारलाई अगाडि आउनु पर्दछ । प्रदेश र स्थानीय सरकारले खेल र खेलाडीप्रति ध्यान दिएमा समृद्ध र स्वस्थ समाजको निर्माण हुने ठोकुवा गरेका छन् ।
एकता युवा क्लवको आयोजनामा भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको समापन समारोहका विशेष अतिथि राजपाका केन्द्रिय सदस्य मनोज चौधरीले स्वस्थ्य विचार, समृद्ध समाजका लागि खेल अति उपयोगी रहेको बताएका छन् । उनले भने, ‘राज्यको विभेदको कारण मधेशका युवाहरु आफ्नो प्रतिभा देखाउन सकेन । अब कम्तिमा प्रदेश र स्थानीय सरकार जिम्मोवारी बुझ्नु पर्दछ ।’
उनले मधेशमा धेरै प्रतिभावान खेलाडीहरु छन्, तर अवसरको अभावको कारण ठाउँमा पुग्न सकेन । तर प्रदेश सरकारले खेलाडीको हितमा कार्य गर्ने छ विश्वास रहेको बताएका छन् ।
मंसिर २१ गतेबाट शुरु भएको क्रिकेट २०(२० प्रतियोगितामा ८ वटा टीम सहभागी भएका थिए । ती मध्ये बहुअर्वा र देवपुरा रुपैठा फाइनलमा पुगेका थिए ।
शनिवार भएको फाइनल खेलमा बहुअर्वा टीमले टस जितेर १९ ओभरमा १४९ रन बनाएका थिए भने प्रतिस्पर्धी टीम देवपुरा रुपैठाले १५ ओभरमा ७७ रन बनाएर अलआउट भएका थिए ।
क्लवका अध्यक्ष नविन कुमार महतोको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश साँसद परमेश्वर साहले विजेता बनेका बहुअर्वा टीमलाई नगद पाँच हजार र शिल्ड प्रदान गरेको छन् । त्यस्तै उपविजेता देवपुरा रुपैठा टीमलाई नगद दुई हजार र शिल्ड प्रदान गरेका छन् ।

No comments:

Post a Comment