Monday, December 16, 2019

उज्जवल प्रदेश बनाउँनुस, हामी सहकार्य गर्न तयार छौं ः मन्त्री सोनल


जनकपुरधाम, ३० मंसिर । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लगानीकर्ताहरुलाई भने, ‘तपाईहरु यस प्रदेशलाई उज्जवल प्रदेश बनाउनुस्, प्रदेश सरकार तपाईको कार्यमा सहकार्य गर्न तयार छ ।’
जनकपुरधाममा सोमवार भौतिक पूर्वाधार विकास मन्त्रालय, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र तथा संयुक्त अधिराज्यको अन्तर्राष्टिूय विकास विभागको सहयोगमा सञ्चालित ‘नेपाल नविकरणीय उर्जा’ कार्यक्रममा उहाँले सो कुरा बताएका हुन ।
मन्त्री सोनलले यस प्रदेशमा हाइडूोपवरको न्यून सम्भावना रहेको छ । तर सोलार उर्जाको सबभन्दा बढी सम्भावना हो । लगानीकर्ताका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले भने, ‘अब संघीय सरकारसँग मात्र मिलेर हुँदैन, प्रादेशिक र स्थानीय सरकारसँग मिलेर कार्य गर्नुपर्दछ ।’
उनले प्रदेश २ कृषि प्रदेश हो । उर्जालाई कृषिसँग जोड्नु पर्दछ । कृषिमा उर्जा जोडेमा कृषि उत्पादन बढ्ने ठोकुवा गरेका छन् ।  उर्जालाई पहिलो प्राथमिकता कलकारखाना, अस्पताल लगायतमा दिनुपर्छ भन्ने दोस्रो प्राथमिकता कृषिको सिंचाईसँग मात्र जोड्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
त्यस्तै जनकपुुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उर्जामा लगानी गर्नका लागि स्थानीयतहबारट हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । आधुनिकता अहिले उर्जामा निर्भर रहेको छ । कृषि, कलकाराखाना, उद्योग धन्धा सबै उर्जामाथि निर्भर रहेको छ । उर्जामा लगानी गरेमा समृद्धि स्थानीय र प्रदेश हुने जिकिर गरेका छन् ।
सम्मेलनमा उद्योगी, कर्जा कम्पनी, वित्तीय संस्था, स्थानीय सरकारका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment