Thursday, December 26, 2019

खुल्ला सीमाना चुनौती होइन अवसर हो ः मन्त्री सोनल


जनकपुरधाम, १० पुस । भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले नेपाल भारत खुल्ला सीमाना चुनौती होइन, अवसरको रुपमा रहेको बताएका छन् । उनले खुल्ला सीमाना दुबै देशबीच सामाजिक, राजनीतिक, भाषिक सम्बन्धतलाई प्रगाढ बनाउँछ, अपराधलाई रोक्ने कार्य गर्दै आएको छ बताएका छन् ।
जनकपुरधाममा विहिवार ‘सिमाञ्चल सम्बन्धका स्वरुप र नागरिक दायित्व’ कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
मन्त्री सोनलले भने, ‘यस प्रदेशसँग जोडिएको भारतीय सीमामा एउटा पनि अपराधिक गतिविधि भएको छैन । सीमाका नागरिक स्वयं सीमाको रक्षा गरिरहेको हुन्छ । जहिले पनि काठमाडौंको एयरपार्टमा जाइनिज लगायतका देशका नागरिकहरु सुनसहित पक्राउ गर्ने गरेको हो ।’
बिहार युनिभरसिटीका प्रोफेसर नवल किशोर चौधरीको जवाफ फर्काउँदै मन्त्री सोनलले भने ‘भारतको राजनीतिक, सामाजिक तथा राष्टिूयताको अहित हुने यस्ता कुनै पनि कार्य गर्दैन ।’ चिनीयाँ गतिविधि तराई मधेशका जिल्लाहरुमा बढिरहेको प्रोफेसर चौधरीले संकेत गरेका थिए । मन्त्री सोनलले त्यसको जवाफमा भने, ‘हामीलाई चाइनिज गणेश भगवान र लक्ष्मी माता चाहिदैन । प्रदेश सरकार सर्तक छ । भारतको अहित हुने जस्ता गतिविधिमा यस भुमिलाई प्रयोग गर्न दिदैनौं ।’
त्यस्तै सामाजिक विकास मन्त्री नवल किशोर साहले भने ‘नेपाल भारतको सम्बन्ध त्यो बेलादेखि रहेको छ जुन बेला नेपाल भारत देशै थिएन ।’ नेपाल भारतबीचको सम्बन्ध बेटी रोटी र राजनीतिक मात्र होइन, क्रान्तिकारी सम्बन्ध पनि हो उनले भने ।
उनले यहाँको सम्बन्धमा काठमाडौंका सरकार र दिल्लीको सरकारले बुझ्न सकेको छैन । तपाईहरु दिल्ली सरकारलाई जनकपुर र अयोध्याको सम्बन्धलाई बुझाउनुस् हामी काठडौंको सरकारलाई बुझाउने छौं, उनले भने, ‘जहिले पनि अपराधिक घटना खुल्ला सीमाको कारण यता भएको छैन । काठमाडौंमा पक्राउ पर्ने बंगला देश, चीन र पाकिस्तानका हुन्छ ।’
नेपाल भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको सो कार्यक्रममा बिहार युनिभरसिटीका प्रोफेसर नवल किशोर चौधरीले सीमामा जुन हाम्रो सम्बन्ध त्यो कुनै पनि राजनीतिले तोड्न नसिकने बताएका छन् । उनले भने, ‘काठमाडौको सरकारले सीमावर्तीसँग विभेद गरिरहेको समाचारमा सुन्दै आएका छौं । नागरिकताको सवालमा पनि विभेद गरेको छ । यो दुःखद र सम्बन्धमा ठेस पुरयाउन कार्य हो ।’ प्रोफेसर चौधरीले चिनियाँ गतिविधि यस प्रदेशमा बढिरहेको सुनेर आचम्म लागेको पनि बताएका छन् ।
कार्यक्रममा नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश नं. २ का साँसद परमेश्वर साह सहितका व्यक्तिहरुले विचार राखेका थिए ।

No comments:

Post a Comment