Saturday, December 21, 2019

मेयर मण्डलद्वारा गरीबलाई कम्बल


जनकपुरधाम, ५ पुस । धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले दलित, गरीब एवं विपन्न परिवारको घरघर तथा वडामा पुगेर कम्बल वितरण गरेका छन ।
मेयर मण्डलले हँस नगरपालिकाको विभिन्न चौकचौकमा गएर अति विपन्न र दलितहरुलाई कम्बल ओढाएर सम्मान गरेको जनाइएको छ । तराई मधेशका जिल्लाहरुमा पुसको पहिलो सत्तादेखि बढ्दै गएको चिसोबाट बाच्नका लागि पहिलो चरणमा दलित र विपन्न परिवारलाई कम्बल वितरण कार्य शुरु गरेको बताएका छन् ।
हँसपुर नगरपालिका वडा नं. ३ र ७मा शनिवार  एकदर्जनबढी गरिब तथा दलितहरुलाई कम्बल वितरण गरेको छ । मेयर मण्डलले आफै दलित बस्ती तथा चौक चौराहमा गएर कम्बल वितरण गरेको हो ।
तत्काल नगरपालिकाले ठाउँ ठाउँमा दाउराको व्यवस्था गर्न नसकेपनि दलित र विपन्न परिवारलाई शनिवार कम्बल वितरण कार्य गरेको मेयर मण्डलले बताएका छन् । उनले यस नगरपालिकाकमा दलितको संख्या उल्लेख्य रहेकोले तत्काल चिसोबाट राहत पाउने उद्देश्यले कम्बल वितरण गरेको बताएका छन् ।

No comments:

Post a Comment