Tuesday, December 24, 2019

शिक्षाबाट ‘बाल विवाह’ अन्त्य हुन्छ ः मेयर साह

जनकपुरधाम, ८ पुस । जनकपुरधाम उपमहा नगरपालिका मेयर लालकिशोर साहले बालबालिकामा शिक्षा आएमा बाल विवाह स्वतः अन्त्य हुने दावी गरेका छन् । मेयर साहले भने, ‘बालबालिकामा जनचेतना आएमा उनीहरु आफै बाल विवाह गर्न मान्दैन ।’
जनकपुरधाम उपमहा नगरपालिकाद्वारा साक्षरता अभियान अन्तर्गत मंगलवार वडा नंं. १४ सोहनी मुजेलियामा साइकल वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
बालबालिका शिक्षित भएमा वैज्ञानिक कृषि उत्पादन हुन्छ । स्वास्थयमा आफै सतकृता अपनाउँछ, संस्कृति र संस्कारको विकास हुन्छ मेयर साहले भने, ‘दलित तथा मुस्लिम बालिकाका लागि तत्काल यो साइकल वितरण गरिएको छ । विस्तारै सबै बालिकालाई गर्ने उद्देश्य हो ।’
मेयर साहले कक्षा ८का बालिकाका लागि प्रदेश सरकारले साइकल वितरण गरिरहेका छन् । उपमहानगरपालिकाले दलित तथा मुस्लिम समुदायका कक्षा ९,१०, ११ र १२ का बालिकालाई वितरण गर्दैछन् । पढन जानमा समस्या नहोस् मध्यनजर गरी साइकल वितरण गर्न लागेको बताएका छन् ।
त्यस्तै उपमेयर रिता कुमारी झाले दलित तथा मुस्लिम बालिकाहरुलाई शिक्षामा पहुँच भएमा अगामी वर्षमा निर्माण कार्य लगायतलाई रोकेर शिक्षामा नै बढी बजेट दिने ठोकुवा गरेकी छन् । उनले भनिन, ‘शिक्षा समृद्धिको मुख्य बाटो हो । जबसम्म शिक्षा हुँदैन समृछि सम्भव छैन ।’
सोही वडाका वडा अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा जनता माध्यमिक विद्यालय बेल्ही रजौल र माध्यमिक विद्यालय सोहनीका २० जना बालिकालाई साइकल वितरण गरिएको छ ।
कार्यक्रममा शिक्षा समिति सदस्य विभा ठाकुर, निरंजन यादव, चन्द्रनारायण मण्डल, अञ्जु पाण्डे र राजपा नेता मनोज चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।


No comments:

Post a Comment