Thursday, December 12, 2019

जनकपुरधाम मिथिला संस्कृतिकको शहर बन्दै ः मेयर साह


जनकपुरधाम, २६ मंसिर । जनकपुरधाम मिथिला संस्कृति शहरको रुपमा परिणत हुँदै गएको जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले दावी गरेका छन् ।
जनकपुरधाम उमहानगरपालिका वडा नं. ७ मा ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ को शिलान्यास गर्दै मेयर साहले सो कुरा बताएका हुन ।
मेयर साहले मिथिलाको कलासंस्कृति धेरै पुरान रहेको छ । तर यसको संरक्षण सम्बद्र्धन हुन नसक्दा हराउन थालेको थियो । जनकपुरधाम धार्मिक नगरीका साथै साँस्कृतिक नगरीको रुपमा समेत रहेकोले ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ले यसको संरक्षण सम्बद्र्धनको रुपमा कार्य गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘भाषा, साहित्य र संस्कृति यहाँको समृद्धिको पहिचान रहेको छ । यसको संरक्षण र सम्बद्र्धनबाट मात्र जनकपुरधामलाई पर्यटकीय दृष्टिले समृद्ध बनाउन सकिन्छ ।’
मैथिल ब्राह्मण महासभा, नेपालद्वारा आयोजित शिलान्यास कार्यक्रममा मेयर साहले दुईवर्ष भित्र जनकपुरधामको कला संस्कृति झल्किने गरी विकास भएको छ । ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ को स्थापना पश्चात् जनकपुरधाम मिथिला संस्कृति शहरको रुपमा स्थापित गर्ने आफूले विश्वास लिएको बताएका छन् ।
ब्राह्मण महासभाका अध्यक्ष भगवान झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह, उपमेयर रिता कुमारी मिश्र, जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सहितका व्यक्तिहरुले जनकपुरधामलाई मिथिला संस्कृतिको रुपमा अगाडि बढाउनमा जोड दिएका छन् । उनीहरुले जनकपुरधाम प्रदेश २ को राजधानीका साथै पर्यटकीय नगरी रहेकोले यहाँका पहिचानलाई स्थापित गर्न सबैको दायित्व रहेको बताएका छन् ।


No comments:

Post a Comment