Sunday, December 1, 2019

कृषिमा पैसा खर्च गर्न सकिने मान्छे छैन ः सचिव शर्मा


जनकपुरधाम, १४ मंसिर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले कृषिमा आएको बजेट खर्च गर्न सकिने मान्छे नभएको दावी गरेका छन् ।
जनकपुरधाम ४ स्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभामा उनले सो कुरा बताएका हुन । उनले भने, ‘प्रदेश सरकारले कृषि भूमि सुधार सम्बन्धी मापदण्ड बनाउन सकेको छैन । कृषि योजना नबनेसम्म कृषि प्रदेशको रुपमा स्थापित हुन सकिदैन ।’
प्रदेश २ कृषि प्रदेशका साथै सबभन्दा माछा उत्पादन, आँप, केरा, पशुपालन, तरकारी र उद्योग यसै प्रदेशमा हुन्छ । यसो हेर्ने हो भने सहकारीलाई प्mस्टाउन सबै साधनस्रोत यसै प्रदेशमा भएपनि पछाडि परेको हेरेर दुःखद लाग्दो रहेको उनले भने, ‘प्रत्येक क्षेत्रको विकासको प्रबल सम्भवाना भएपनि केही चुनौतीहरु पनि छन् । ती चुनौतीहरुमा बाढीको समस्या । तटबन्ध र चुरे विनासको कारण प्रत्येक वर्ष बाढीले हजारौं विघा कृषि र घरहरु भत्काउने गर्दछ ।’
सचिव शर्माले प्रदेश २ नै नेपाललाई पाल्न सकिन्छ । त्यसका लागि किसानलाई सहज किसिमले कृषि मल्ल, खाद्य, सिंचाईका साधन र अन्य क्षेत्रमा लगानीको आवश्यकता रहेको बताएका छन् ।
उनले किसानको साक्षरतामाथि प्रश्न गर्दै भने, ‘किसानलाई कृषिक्षेत्रमै साक्षर बनाउनुपर्छ । कृषिमा मात्र ध्यान पुर्याएमा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या स्वतः घटने छ । ’ उनले सहकारीसंघ सहकार्य गरेर मन्त्रालयलाई बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष तथा सहकारी बैंकका सञ्चालक धुब्रनारायण यादवले सहकारी संघ सहकार्य गरेर प्रदेश सरकारले अगाडि बढेमा यो प्रदेश समृद्ध हुने दावी गरेका छन् । उनले सहकारीको बारेमा जानकारी गराउँदै भने, ‘सहज र सुलभ किसिमले कार्य गर्नु गराउनु नै सहकारीको काम र कर्तव्य हो । मन्त्रालयसँग सहकार्य गरेर सहकारी संस्थाहरु कार्य गर्न चाहन्छ ।’
संस्थाका अध्यक्ष जितेन्द्र कुमार लाभको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका प्रबन्धक सुरेश यादवले आर्थिक वर्ष २०७६÷०७७ का आयव्याय प्रस्तुत गरेका थिए । त्यस्तै शेयरधनी रामप्रबोध ठाकुर, ब्रहमा मण्डल सहितका व्यक्तिहरुले विचार समेत राखेका थिए ।

No comments:

Post a Comment