Thursday, January 2, 2020

राज्यमन्त्री कुशवाहाद्वारा असहाय र अशक्तलाई कम्बल

जनकपुरधाम, १७ पुस । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले गरिब, दलित, अपांग, असहाय र अशक्तलाई विहिवार कम्बल वितरण गरेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ र २ मा रहेको ती परिवारहरुलाई कम्बल वितरण गरिएको हो । पुसको पहिलो सप्ताहदेखि शुरु भएको चिसोको कारण जनजनीवन प्रभावित हुन थालेको छ । चिसोको गरिब, असहाय, अपाग र अशक्तलाई मध्ज नजर गरी सो कम्बल वितरण गरिएको बताएका छन् ।
कम्बल वितरण कार्यक्रममा राज्यमन्त्री कुशवाहाले भने, ‘बढ्दो चिसोको बेलामा यो कम्बल पर्याप्त छैन । तर तत्काल प्रदेश सरकारबाट हुने सहयोग गरेको छ ।’
नगरपालिकाका मेयर अशोक मण्डलको उपस्थितिमा कम्बल वितरण गर्दै राज्यमन्त्री कुशवाहाले सबभन्दा बढी विपद् तराई मधेशकै जिल्लाहरुमा आउने गर्दछ । सातवटै प्रदेश मध्ये प्रदेश २ नै गरीबीमुनि आउने गरेको बताएका छन् । ‘गरीब प्रदेशमा सबभन्दा प्रकृतिक विपद् छ । चिसोबाट कठ्याङिग्रए मृत्यु हुने, घामको बेलामा आगलगि हुने र वर्षातको बेलामा बाढी यसै प्रदेशमा आउँछ’ राज्यमन्त्री कुशवाहाले भने ‘विपदको अवस्थामा प्रदेश चाहे जति सहयोग गर्न पाई रहेको छैन ।  त्यसको कतिपय कारण मध्ये कर्मचारीको असहयोग हो ।’
सयजना बढी गरिबी, दलित, अपांग र अशक्तलाई कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रममा समाजवादी पार्टीका नेता तथा पूर्व कृषि मन्त्री हरिनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment