Saturday, December 21, 2019

‘धनुषाका भूमिहीनलाई अदालतको अल्टिमेटम’


३०–४० वर्षदेखि कसैले केही भनेन, तर अहिले यसै वडाका वडा अध्यक्षका नातामा पर्ने भाई रामसागर ठाकुरले बदलाको भावनाले भूमिहीनलाई हटाउन लागेको हो । जग्गाबाट खाली गराएर हेराई दिने भन्दै धम्की दिएका थिए । भूमिहीनहरु पढेलेखेका छैंन, प्रहरी एउटा कागज लिएर आउँछ र भन्छन्, उच्च अदालतबाट तिमीहरुलाई खाली गराउन आदेश आएको छ।

जनकपुरधाम, ३ मंसिर । धनुषाको विदेह नगरपालिका वडा नं. १ र ३  को एलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीनहरुलाई उच्च अदालत जनकपुरले खाली गराउन आदेश दिएपछि उनीहरु विचल्लीमा परेका छन् ।
सो जग्गामा करीब तीन दशक बढीदेखि ५० घर परिवारबढी  बसोबास गर्दै आएको हो । पाँच कट्टा जग्गामा बसोबास गर्दै आएका पचास घरपरिवार मध्ये २५ जना अहिलेपनि भूमिहीन रहेको जनाइएको छ । उच्च अदालतको जग्गा खाली गर्ने नोटिस टाँस पश्चात् भूमिहीन परिवारहरु प्रदेश सरकार र स्थानीय सरकारलाई गुहारेपनि अलिहेसम्म कुनै निक्र्यौल निस्केको छैन ।
‘कति दिनदेखि यहाँ बस्दै आएका छौं मलाई थाहा छैन । मेरो सासु आमाले यसै जग्गाबाट विहे गरेको हो । अहिले तीनवटा छोराछोरी सहित पाँच जनाको परिवार छ । दुई तीनदिन अघि प्रहरीहरु आएको थियो, तिमीहरु छिट्टो जग्गा खाली गर, अदालतको आदेश हो’ मनटुट देवी साउजीले गुनासो पोखिन ।
मलाई दुई कट्टा खेत रहेको छ, त्यो पनि चौरमा छ, उब्जा पनि हुँदैन । प्रहरीले बारम्बार धम्की दिई रहेको म कहाँ जाउँ उनले आँसु झार्दै भनिन, ‘श्रीमान मजदुरी गरेर ल्याउँछ अनि परिवार चलिरहेको छ ।’
३०(४० वर्षदेखि कसैले केही भनेन, तर अहिले यसै वडाका वडा अध्यक्षका भाई रामसागर ठाकुरले बदलाको भावनाले भूमिहीनलाई हटाउन लागेको हो । बस्तीको बीचोबीचबाट विद्यालय जाने बाटो थियो । त्यो बाटाो रामसागर ठाकुरले बन्द गरिदियो, त्यसैको विरोधमा हामीहरु बोल्दा उनले तिमी सबैलाई यो जग्गाबाट खाली गराएर हेराई दिने भन्दै धम्की दिएका थिए, उनले यस्तो गरिरहेको महेन्द्र दासले बताएका छन् । उनले भने, ‘हामीहरु पढेलेखेका छौंनौ, प्रहरी एउटा कागज लिएर आउँछ र भन्छन्, उच्च अदालतबाट तिमीहरुलाई खाली गराउन आदेश आएको छ, तिमीहरु छिट्टै खाली गरेन भने डोजर लगाएर भत्काई दिन्छौं ।’
वडा अध्यक्षका रामवृक्ष ठाकुरका भाई हुन रामसागर ठाकुर । यसमा वडा अध्यक्षले पनि सहयोग गरिरहेको छ । हामी नेपाली हो कि होइन, नेपाली हो भन्ने भूमिहीनहरु नेपालमा बस्द सकिन्छ कि सकिदैन स्थानीय योगेन्द्र पाण्डेले गुनासो पोखेका छन् । उनले यहाँ कुनै अस्पताल, विद्यालय वा अन्य केही योजना बनाएको छ भन्ने हामीहरुलाई व्यवस्थापन गरिदिनुस हामी जान तयार छौ, तर कसैको रिसिवीले मुद्दा हालिदिएमा राज्यलाई पनि सोच्नु पर्छ बताएका छन् ।
उच्च अदालतको कागजातमा के लेखेको र त्यो कागज कहाँ छ त्यस सन्दर्भमा कसैलाई थाहा छैन, तर ती बस्तीमा पटकपटक प्रहरीको धम्कीले भूमिहीनहरु आतंकित बनेका छन् । चिसोको मौसममा यसरी भुमिहीनहरुलाई धाकधम्की आएपनि स्थानीय सरकार र प्रदेश सरकार गम्भीरता नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ ।
यता धनुषाको विदेह नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामवृक्ष ठाकुरले वास्तविक रुपमा यिनीहरु तीस वर्ष बढीदेखि बसोबास गर्दै आएको छ । उच्च अदालतबाट १५ दिनभित्रमा ती जग्गा खाली गराउन आदेश पनि जारी भएको हो । दुई पटक ती आदेश आई सक्यो । भूमिहीनहरुको व्यवस्थापनका लागि विदेह नगरपालिकालाई पनि आफूले जानकारी गराई सकेका छौं । आफू भुमिहीनहरुको पक्षमा रहेको भएपनि आदलतको आदेशलाई उल्लंघन पनि गर्न नसकिने अवस्थामा रहेको बताएका छन् । उनले भूमिहीनलाई व्यवस्थापनका  गराई दिनका लागि सबैसँग आग्रह समेत गरेका छन् ।






साँसद पासमान भूमिहीनको वस्तीमा

राष्ट्रिय सभा सदस्य रामपृत पासमानले भूमिहीनहरुको व्यवस्थापन नगरी खाली नगराउन राज्यसँग माँग गरेको छ । उनले भूमिहीनहरुसँग भेटघाट गर्दै भने, ‘अदालतको आदेशलाई सबैले सम्मान गर्नुपर्छ । तर जबसम्म तपाईहरुको राज्यले व्यवस्थापन गर्दैन तबसम्म तपाईहरुलाई कसैले खाली गराउन सकिदैन ।’प्रदेश सरकार र स्थानीय सरकारसँग पनि उनले आग्रह गर्दै भने, ‘ संघीय सरकारले भूमि सम्बन्धी विधेयक बनाई सकेको छ । त्यही धारा अनुसार उनीहरुलाई व्यवस्था गरिदिनुपर्छ ।’साँसद पासमान भूमिहीनको वस्तीमा गएपछि भूमिहीनहरुमा होसल्ला आएका थिए । उनीहरुले आफूलाई यहाँबाट खाली गराई दिएपछि कहाँ जाने भनेपछि साँसद पासमानले तपाईहरु ढुक्क भएर बस्नुस्, तपाईहरुको व्यवस्थापन गर्ने जिम्मा राज्यको छ । हामी तपाईसँग छौं ।’

No comments:

Post a Comment