Monday, December 16, 2019

धनुषामा नक्कली बमको हल्लाले सर्वसाधारण भयभित म पनि पत्रकार झै प्रश्न गर्दछु ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, ३० मंसिर । धनुषाको महेन्द्रनगरमा प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान जानेगरी बम विष्फोट भएको घटना नसेलाउँदै जनकपुरधाम सहितको ठाउँमा बमको हल्लाले सर्वसाधारण भयभित बनेका छन् ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. ९ स्थित संकटमोचन मन्दिर नजिकै बम भेटियो । उक्त कुकर बम सोमवार बिहान ११ बजे मात्रै नेपाली सेनाले निष्कृय पारेको थियो ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. ९ बागवानीबाट संकटमोचन मन्दिर जाने बाटोमा बम नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाले डिष्पोजल गरेको बम आईतवार राति करीब ११ बजे नै राखिएको थियो ।
प्रहरी तथा बम बिष्पोजल टोलीले आईतवार रातिदेखिनै संकटमोचन मन्दिर जाने बाटोमा आउन जानमा रोक लगाएका थिए । बेलुका करीब २ बजेको आसपासमा सेनाको डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । यसबीच वरिपरि रहेका घरधनीहरुलाई बाहिर नस्किन र बम हेर्न जानेहरुको मोवाइल स्वीच अफ गर्न प्रहरीले लगाएका थिए ।
नेपाली सेनाको टोली बम निष्कृय पार्न खटिएकै बेला अर्काे हल्ला आयो(बाह्रबिघा मैदान नजिकै अर्काे बम भेटियो । झोलामा राखिएको शंकास्पद बस्तु बम नै हुन सक्ने भन्दै प्रहरीले त्यस क्षेत्रमा सुरक्षा बढायो ।
एक ठाउँमा फेला परेको बम निष्कृय नपार्दै अर्काे ठाउँमा भेटिएको सूचना आएपछि सर्वसधारण त्रसित बनेका थिए । तर संकटमोचन मन्दिर छेउको बम निष्कृय पारेर बाह्र बिघा छेउमा पुगेको नेपाली सेनाको टोलीले त्यहाँ फोहोर राखिएको झोला फेला पार्यो ।
यो घट्ना सेलाउन नपाउँदै धनुषाकै धनुषाधाम नगरपालिका ५ स्थित मावि पर्वतामा बम राखिएको हल्ला फैलियो । विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बम राखिएको हल्ला फैलिएपछि सबै बालबालिकालाई निकालेर विद्यालय खाली गराइयो ।
यद्यपि यस ठाउँमा नेपाली सेनाको टोली पुग्दा प्लास्टिकभित्र फोहोर राखेको पाइएको धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीले विद्यालयमा फोहोर राखेर बम भएको हल्ला फैलाइएको बताए ।
बम राखिएको हल्ला यतिमै सिमित रहेन् । मिल्स एरिया नजिकैको एक बस्तीमा नम्बर प्लेट नभएको एउटा वेवारिसे मोटरसाइकल फेला पर्यो । उक्त मोटरसाइकलभित्र बम राखिएका हुन सक्ने आशंका गर्दै स्थानीयहरुले प्रहरीलाई खबर गरे । प्रहरी आएर उक्त मोटरसाइकल लगेपछि स्थानीयहरुको त्रासमा कमी आएको छ ।
यता जनकपुरधाम लगायत विभिन्न ठाउँमा बम आतंकबाट सर्वसाधारण जनता भयभित बनेका छन । प्रदेश सरकार के गरिरहेको समाचार दैनिकका प्रतिनिधिले आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहासँग प्रश्न गर्दा उनले भने, ‘प्रहरी प्रशासन प्रदेशको मातहतमा छैन । म पनि पत्रकार झै संघीय सरकारसँग प्रश्न गरिरहेका छौं ।’
राज्यमन्त्री कुशवाहाले प्रदेश २ को राजधानी जनकपुरधाममा यस्ता घटना श्रृंखलाबद्ध रुपमा घट्दै जानु दुःखद र चुनौतीपूर्ण हो ।  प्रदेश सरकार यसप्रति चिन्तित छन् । यस्ता घटनामा संलगनमाथि कानूनी दायरामा ल्याई सजाय दिनुपर्छ । तीन दिनभित्रमा श्रृंखलाबद्ध रुपमा बम फेला पर्नु, तीनतीजनाको मृत्यु हुनु प्रदेशको जिम्मेवारी मातहत नै आउँछ । तर संघीय सरकारसँग प्रश्न गर्नु बाहेक  प्रदेश सरकारको केही अधिकार छैन । जबसम्म प्रदेश सरकार मातहत प्रहरी प्रशासन हुँदैन पत्रकारहरुको जवाफ फर्काउन बडो मुस्लिक रहेको बताएका छन् ।


No comments:

Post a Comment