Sunday, December 22, 2019

‘मकेश्वर सिंहको योगदान विर्सिनुको मतलव विकासको गति रोक्नु’

जनकपुरधाम, ६ पुुस । विकास पुरुष मकेश्वर सिंहको योगदानलाई विर्सिनुको मतलव जनकपुरधामको विकासलाई गति नदिनु जस्तो रहेको वक्ताहरुले जोड दिएका छन् ।
जनकपुरधाममा आईतवार विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानद्वारा आयोजित नवौं स्मृति दिवसको अवसरमा सहभागीहरुले सो कुरा बताएका हुन ।
‘मकेश्वर बाबुको शिक्षा, स्वास्थ्य, धार्मिक संरक्षण र सामाजिक उत्थानमा अस्मरणीय योगदान रहेको छ । आज उहाँकै योगदानको कारण जनकपुरधामको विकासमा गति आएको हो’ सहभागीहरुले भने, ‘उहाँको योगदानबाट हामीलाई सिख्नुपर्नेछ ।’
प्रतिष्ठानका अध्यक्ष रितेश कुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रामअशिष यादवले मकेश्वर सिंह सामाजिक र राजनीतिक व्यक्ति मात्र थिएन, उहाँ परिकल्पनाकार पनि हुनुहुन्थ्यो । यहाँका धार्मिक स्थलको संरक्षण सम्र्बद्धन, शैक्षिक क्षेत्रको विकास, स्वस्थ्य संस्थाहरुको स्थापना उहाँकै परिकल्पना र देन रहेको जिकिर गरेका छन् ।
प्रदेश सभा सदस्य यादवले धनुषाको विकासमा मुकेश्वर सिंह, डा. जयबल्लब दास, रामनारायण मिश्र र रामसागर साह रामस्वरुप साहको अतुलनीय योगदान रहेको छ । उहाँलाई स्मरण गरेर प्रदेश सरकार र स्थानीय सरकारले विकास गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् । ‘शिक्षा उहाँको पहिलो प्राथमिकता थियो, त्यसपछि स्वस्थ’ साँसद यादवले भने, ‘राजनीतिकको मतलव शासक होइन, सेवक बुझ्नु पर्छ र ती कुरा मुकेश्वबाबुमा थिए ।’
त्यस्तै पूर्व नगर प्रमुख बजरंग प्रसाद साहले सामाजिक सेवी कहिलेपनि नामको पछाडि जाँदैन, उनी कार्यमाथि विश्वास गर्छन, तर अहिले फोटो समाजसेवीको बिगबिगी रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘सामाज सेवाको नाउँमा राजनीति गर्नु हुँदैन । समाजसेवा नै राजनीति हो ।’ आधुनिक जनकपुरको निर्माणता नै मुकेश्वर बाबु रहेको पूर्व मेयर साहले जिकिर गरेका छन् ।
कार्यक्रममा प्रादेशिक अस्पतालका अध्यक्ष संजय कुमार सिंह, समाजसेवी अमरचन्द्र अनिल, ई प्रकाशचन्द्र साह सहितका व्यक्तिहरुले मुकेश्वर सिंहको योगदानको चर्चा गरेका थिए ।
त्यस्तै प्रतिष्ठान प्रत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तिलाई सम्मान गर्दै आएको थियो । सोही क्रममा यस पटक शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई सम्मान गरेका छन् ।

No comments:

Post a Comment