Sunday, December 29, 2019

‘असहाय र गरीबलाई घरमै गएर कम्बल’

जनकपुरधाम, १३ पुस । निरन्तर रुपमा बढ्दो जाडोलाई मध्य नजर गरी असहाय र गरीबलाई आईतवार चौकमै गएर कब्ल वितरण गरिएको छ ।
धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले वडा नं. ९मा पुगेर असहाय तथा गरीबहरुलाई चिसोबाट बाँच्नका लागि कम्बल वितरण गरेको छ ।
पुसको पहिलो सातादेखि लगातार रुपमा चिसो बढ्न थालेपछि मेयर मण्डलले टोलटोलमा गएर गरीब र असहायलाई कम्बल तथा चौकचौकमा दाउराको आगो बाल्न लागेको हो । स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले उनले यस भेगका जनतालाई केही गर्न नसकेपछि तत्काल चिसोबाट राहत पाउनका लागि उनले कम्बल तथा आगो बाल्ने गरेको बताएका छन् ।
दैनिक जनकपुरसँग उनले कुराकानी गर्दै भने,  ‘प्राकृति प्रकोपलाई कसैले रोक्न सकिदैन । तर राहत स्वरुप तत्काल नगरपालिकाले कम्बल र ठाउँ ठाउँमा आगो बाल्ने कार्य शुरु गरेको हो ।’ तराई÷मधेशका जिल्लाहरुमा बाढी, पहिरो, आँधी बहेरी र चिसोबाट सबभन्दा बढी मानिसहरु प्रभावित हुन्छ । यस्तो अवस्थामा ज्यान समेत जाने गरेको हो मेयर मण्डलले भने, ‘जति गर्नुपर्ने त्यो अनुसार गर्न नपाएपनि क्षमता अनुसार नगरपालिकाकाले गरिब र दलित बस्तीमा कम्बल र आगो बाल्नेलाई निरन्तरता दिएको हो ।’
मेयर मण्डलले पहिलो चरणमा चौक चौकमा गरीब, असहायलाई कम्बल वितरण गरेका छौं, अब घरघरमै गएर गरीब र असहायलाई कम्बल तथा दाउरा वितरण कार्यक्रम रहेको बताएका छन् । मेयर मण्डलले एक हप्ता अघिदेखि कम्बल तथा दाउरा वितरण कार्य गरेको र यसलार्इृ निरन्तरता दिने बताएका छन् ।


No comments:

Post a Comment