Tuesday, December 17, 2019

‘आफन्तद्वारा सामाजिक लेखा परीक्षण’


जनकपुरधाम, १ पुस । गैर सरकारी संस्था ‘आफन्त नेपाल’ले एक समारोहबीच सामाजिक लेखा परीक्षण गरेका छन् ।
धनुषाको वटेश्वर गाउँपालिका १ जनमुक्तिनगर स्थित मटुक महतो रंकी देवी प्राथमिक विद्यालयमा गरेको कार्यको सामाजिक लेखापरीक्षण गरेका छन् ।
विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय महतोको अध्यक्षतमा भएको सामाजिक लेखापरीक्षणका प्रमुख अतिथि प्रदेश २ का साँसद शत्रुधन महतोले आफन्त नेपालले यस विद्यालयका लागि गरेको कार्य उल्लेखनीय रहेको प्रशंसा गर्दै भने, ‘आफन्तले विद्यालयमा गरेको कार्य स्थानीय सरकारले अरु विद्यालयमा गर्न छ विश्वास लिएका छौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा यस विद्यालय लगायत अन्य विद्यालयमा समेत आफन्त नेपालका कार्य उदाहरणीय रहेको छ ।’
साँसद महतोले यस बालबालिकाका लागि शौचालय निर्माण, बेलाबेला स्वस्थ्य शिविर, स्कूल बैंग वितरण, कम्प्यूटर र प्रिन्टर सहयोग लगायतको कार्य एउटा इतिहास कायम गर्न सफल भएको बताएका छन् ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले बटेश्वर गाउँपालिकाको अधिकांश विद्यालयमा शैक्षिक क्षेत्रमा आफन्त नेपालको लगानीले गुणस्तरीय शिक्षा र उच्च शिक्षाका लागि प्रेरणा बनेको बताएका छन् । आफन्तको लगानीलाई गाउँपालिकाले सधैं अभारी रहने बताएका छन् ।
कार्यक्रममा गाउँपलिकाकी उपाध्यक्ष प्रमिला देवी महतो, वडा नं. ३ का वडा अध्यक्ष हिरा महतो, राजनीतिक दलका प्रतिनिधिहरु लगायतले आफ्ना विचार राखेका थिए ।
त्यस्तै आफन्त नेपालले विद्यालयमा एउटा शौचालय, बालमैत्री कक्षा कोठाको व्यवस्थापन, पटक पटक स्वस्थ शिविर, शिक्षक तालिम तथा भर्ना अभियान, कम्प्यूटर तथा प्रिन्टर प्रदान, झोला वितरण, विद्यालय सुधार योजना तालिम तथा विद्यालयको रंगरोगन गरेको छ कि छैन पत्रकार कैलास दासले स्थानीय तथा विद्यालयका प्रध्यापक रामवृक्ष महतोसँग जिज्ञासा राखेका थिए ।
पत्रकार दासको जवाफमा सहभागीहरुले आफन्तको कार्यको प्रशंसा गर्दै अभाव व्यक्त गरेका थिए ।
कार्यक्रममा आफन्त नेपालको तर्फबाट कार्यक्रम संयोजक जय प्रकाश मण्डल, उपाध्यक्ष प्रदीप यादव, विष्णु यादव, मुकेश भगत सहितले आफ्ना विचार राखेका थिए ।

No comments:

Post a Comment