Thursday, December 26, 2019

ऋण लगानी तथा बिमा सम्बन्धी गोष्ठी सम्पन्न


जनकपुरधाम, १० पुस । जनकपुरधाम उमपहानगरपालिका वडा नं. १९ मा ऋण लगानी तथा बिमा सम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी विहिवार सम्पन्न भएको छ ।
तालिममा ३० जना बढीको सहभागिता रहेको थियो । सहभागीहरलाई ऋण उपलब्ध गराउने विधि र विमा सम्बन्धी जानकारी गराएका छन् ।
एकता कृषि सहकारी संस्था लि.को आयोजना तथा युवा तथा सना व्यवसायी स्वरोजगारकोष, सचिवालयको सहयोगमा भएको गोष्ठी कार्यक्रममा संस्थाका अध्यक्ष सीताराम यादवले ऋण लिने प्रक्रिया पुर्याएमा कृषि र व्यवसायी ऋण उपलब्ध गराउने बताएका छन् । अध्यक्ष यादवले भने, ‘स्वरोजगार अन्तर्गत कृषिमा ६० प्रतिशत र व्यवसायमा ४० प्रतिशत ऋण उपलब्ध गराउने छ । समयमा ऋण चुक्ता गरेमा वार्षिक ४ प्रतिशत मात्र ब्याज तिर्नुपर्छ ।’ उनले स्वरोजगार अन्तर्गत ५० हजार देखि २ लाखसम्म ऋण उपलब्ध गराउने व्यवस्था रहेको बताएका छन् ।
‘ऋण उपलब्ध पश्चात् तालिमको व्यवस्था पनि रहको छ’ अध्यक्ष यादवले भने, ‘उपलब्ध ऋणलाई अनुगमनको क्रममा दुरुपयोग भएको पाएमा ती ऋण तुरुन्तै असुल्ने प्रावधान रहेको छ ।’

No comments:

Post a Comment