Wednesday, December 4, 2019

आफन्तद्वारा ३६० विद्यार्थीलाई स्कूले बैंग

जनकपुरधाम, १८ मंसिर । धनुषाको बटेश्वर गाउँपालिकाको दुईवटा विद्यालयका ३६० जना विद्यार्थीलाई आफन्त नेपालले स्कूले बैंग वितरण गरेको छ ।
शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा कार्य गर्दै आएका आफन्त नेपालले बटेश्वर गाउँपालिका ४ स्थित जनजाति प्राथमिक विद्यालयका २१० जना विद्यार्थी तथा वडा नं. ३ स्थित देवकी नमूना विद्यालयका १५० जना विद्यार्थीहरुलाई बैंग वितरण गरिएको हो ।
शिक्षामा बालबालिकाको प्रोत्साहन गर्ने उद्देश्यले सो बैग वितरण गर्ने गरेको आफन्तका संयोजक जयप्रकाश मण्डलले जानकारी दिएका छन् ।

जनजाति प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि रविदासको अध्यक्षतामा तथा देवकी नमूना माध्यमिक विद्यालयमा लक्ष्मी महताको अध्यक्षतामो सो बैंग वितरण गरिएको हो ।
वैंग वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद शत्रुधन महतोले शैक्षिक क्षेत्रमा आफन्तको योगदानलाई विर्सन नसकिने बताएका छन् । साँसद महतोले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले गर्ने कार्य यो संस्थाले गरेको हो । धनुषा महोत्तरीमा करीब आधा दर्जन विद्यालयमा गरेको कार्य प्रशंसनीय रहेको छ ।’
बैंग वितरण कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री, उपाध्यक्ष प्रमिला महतो, वडा अध्यक्ष दीप रमण दहाला, हिरा महतो, प्रध्यापक कोइली देवी जर्घा, प्रदीप यादव मरबैता, विष्णुदेव यादव तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment