Thursday, April 26, 2018

मनमानी ढंगले रकम असुल्दिै ईरिक्सा चालकहरु


जनकपुरधाम, १३ बैशाख । जनकपुर उपमहानगरपालिका भित्रमा टूाफिक कार्यालय र उपमहानगरपालिकाले इरिक्सा सवारीको दर रेट निर्धारण गरेको थियो । तर ईरिक्सा चालकहरुले निर्णयको अटेरी गर्दै मनमानी किसिमले यात्रुहरुसँग रकम असुल्ने कार्य गर्दै आएको छ ।
केही दिन अघि यसरी नै ईरिक्सा चालकहरुले मनमानी किसिमले रकम असुल्दा चर्चामा आएपछि उपमहानगरपालिका र टूाफिक कार्यालयले नगरभित्रको इरिक्साको भाडादर निर्धाण गरेको थियो । तर सोको महिना नवित्दै फेरी आफूखुशी यात्रुहरुसँग रकम असुली गरेको छ । उनीहरुले एउटै बाटोमा अलग अलग किसिमले भाडा लिने गरेको दैनिक जनकपुरमा गुनासो आएको छ ।
विद्यापति चौकबाट रामानन्द चौक जाँदा ७० रुपैया र त्यहाँबाट फर्किदा ५० रुपैया लिएको काठमाडौंबाट आएकी सञ्चारकर्मी कञ्चना झाले गुनासो पोखेकी छिन । उनले भनिन, ‘हामीले भाडा कति तिर्यौ त्यो बहसको विषय होइन । दररेट कायम नभएको र कही कतै दररेटको बोर्ड समेत नदेखिएको बहसको विषय हो ।’ उनले जनकपुर धार्मिक ऐतिहासिक नगरी मात्र होइन, अब राजधानी पनि भएको हो । यसरी बाहिरबाट आउने यात्रुहरुलाई ठग्ने कार्य गर्यो भने जनकपुरधामको ठूलो बदनामी हुने छ । नगरको देखरेख र इज्जत बचाउने कार्य उपहानगरपालिकाको काँधमा आएको छ । यसप्रति गम्भीर हुन आवश्यक रहेको बताएकी छिन् ।
सञ्चारकर्मी झाले दररेट निर्धारणका साथै ठाउँठाउँमा बोर्ड लगाउनका लागि पनि सुझाएकी छिन् । उनले जनकपुरलाई बदानमीबाट जोगाउन सबैको दायित्व हो । जनकपुरधाम राजधानी भएपछि सबै खाले मानिस अटाउने वातावरण बनाउनु पर्ने बताएकी छिन् ।

No comments:

Post a Comment