Sunday, April 1, 2018

संविधान संशोधन गर्न सरकार तयार छ ः मन्त्री महासेठ


जनकपुरधाम, १६ चैत । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संविधान संसोधन गर्न वर्तमान सरकार तयार रहेको बताएका छन् ।
जनकपुर विमान स्थलमा पत्रकारहरुको घेटघाट कार्यक्रममा मन्त्री महासेठले संविधान संशोधनको विरुद्धमा एमाले रहेको हल्ला विल्कुल निराधार रहेको भन्दै मधेश र मधेशी जनताको हितमा वर्तमान सरकार संविधान संशोधन गर्न तयार रहेको दोहोर्याएका छन् ।
उनले भने, ‘मधेशको हित हुने किसीमको संशोधन गर्न वर्तमान सरकार तयार रहेको छ । यसका लागि मधेशवादी दलसँंग छलफल गरी सहमति पनि भइसकेको हो ।’ मधेशवादी दलहरुसँग सरकारमा सहभागी हुनका लागि सहमति भइसकेको र उनीहरुकै आन्तरिक कारणले सरकारमा आउन ढिलो भएको थपेका छन् । उनले छिटो भन्दा छिटो मधेशवादी दल सरकारमा आउनेमा आफु विश्वस्त रहेको पनि बताएका छन् ।
मन्त्री महासेठले चुनावको समयमा जनतालाई देखाइएको सपना पुरा गर्नका लागि सरकार गठन भएको दिनदेखि नै जनताको प्रतिवद्धता पुरा गर्न वर्तमान सरकार जुटिसकेको र विभिन्न विकृतिहरुलाई समाप्त गरेर अगाडी बढ्ने जमर्को गरिदैँ छ बताएका छन् ।
उनले भने, ‘जनताको प्रतिवद्धता पुरा गर्नका लागि पाँच वर्ष निकै नै लामो अवधि रहेको छ । समयमै प्रतिवद्धता पुरा गर्न सके नयाँ नेपाल बनाउन सकिन्छ ।’  वर्तमान सरकारको रेलमार्ग, सडक मार्गबाट जोड्ने पहिलो जमर्को रहेको जानकारी दिंदै उनले मधेशका पिछडिएका गाउँहरुमा आउने पाँच वर्षभित्र सडक कालोपत्रे गर्ने सरकारको सोच रहेको बताएका छन् ।
उनले अहिले नेपाली जनताको वार्षिक आयदर ८३२ डलर छ । तर १० वर्षभित्रमा पाँच हजार डलरसम्म पुर्याउने सरकारको लक्ष्य रहेको जानकारी पनि गराएका छन् । यो सरकारलाई बाधा अड्चन पनि धेरै छ । त्यसैले एकैचोटी सम्भव छैन । नया नेपाल बनाउनका लागि इमान्दार नेताको जरुरी रहेको र अहिलेसम्म यस्ता इच्छाशक्ति भएको नेता जन्म नलिएपनि औल्याउँदै यसपाली प्रधानमन्त्री केपी ओलीले जुन प्रकारले निर्देशन दिएका छन यसको आधा पनि पालना भयो भने नया नेपाल बनाउन सकिने बताएका छन् ।

No comments:

Post a Comment