Sunday, April 22, 2018

धनुषामा महिला र महोत्तरीमा पुरुष झुण्डिएर मृत्यु


जनकपुरधाम, ८ बैशाख । धनुषामा एउटा महिलाको झुण्डिएर मृत्यु भएको छ । चारनाथ नगरपालिका वडा नं. १० डुमरिया बस्ने शिवनाथ दासकी छोरी वर्ष १७ को अंजली दासको झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
सबैला नगरपालिका वडा नं. १० खरिहानी बस्ने चतुरभुज दासको छोरा दीपेन्द्र दाससँग २०७४ जेष्ठ १७ गते उनी वैवाहिक बन्धनमा गाँसिएको थियो । मृतक अञ्जलीको ६ महिनाको गर्भ समेत रहेको र उनलाई बैशाख ७ गते माइतीबाट ससुरा ल्याएको दुई घण्टा नहुँदा झुण्डिएर मृत्यु भएको मृतकका ससुरा चतुरभुज दासले जनाएका छन् । उनले छोराले बुहारीलाई शुक्रवार करीब २ बजे माइतीबाट ल्याएको थियो । त्यसपछि कहाँ के भयो कसरी भयो आफूलाई केही थहा नभएको बताएका छन् । उनले बुहारीसँग कहिले पनि कसैसँग झैझगडा समेत नभएको बताएका छन् ।
यता मृतकका बुवा शिवनाथ दासले आफ्नो छोरीलाई हत्या गरेको बताएका छन् । उनले छोरीलाई लिन जाँदा ज्वाइले मदिरा खाएको र छोरीलाई गोली गल्लोज गर्र्दै ल्याएको र दुई घण्टा नवित्दै हत्या गरको आरोप लगाएका छन् । छोरीलाई ६ महिनाको गर्भ रहेको छ । तर किन र के कारणले हत्या गरिएको आपूmलाई थाहा नभएको बताएका छन् ।
घटनाको पहिलो अनुसन्धानमा झुण्डिएर महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताएका छन् । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि सबै कुरा स्पष्ट हुने बताएका छन् ।
त्यसैगरी महोत्तरीको औरही नगरपालिकामा पीपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका १ स्थित रहेको डोमा पहलमान थान पीपलको रुखमा आज विहान शव फेला परेको स्थानीय धर्वेन्द्र यादवले जानकारी दिएका छन् ।
निलो रंग्को टीसट र सेतो क्रिम कलरको पैन्ट लगाएका अन्दाजी ३५ वर्षका पुरुषको शव देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय गौशाला र औरही प्रहरीचोकीको टोली पुगेर अनुसन्धान गरिरहेको छ । कसैले आफै आत्म हत्या गरेको वा हत्या गरेर झुण्डाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिएका छन् ।

No comments:

Post a Comment