Wednesday, April 25, 2018

भारतीय प्रम मोदीको जनकपुर भ्रमण सम्बन्धी मन्त्री र सुरक्षा निकाय बीच छलफल


जनकपुरधाम, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर जनकपुरधाममा मुख्यमन्त्री, मन्त्री, सुरक्षा निकाय, पार्टी प्रतिनिधि तथा उपमहानगरपालिका बीच छलफल गरिएको छ ।
नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री जनकपुर आउन लागेकोले कसरी भव्यता प्रदान गर्ने, सोको तयारी कुन किसिमले गर्ने, कसलाई के को जिम्मेवारी दिइने सम्बन्धी छलफल गरिएको मुख्यमन्त्री लालबाबु राउतले पत्रकारहरुलाई जानकारी गराएका छन् ।
मुख्यमन्त्री राउतले विशेष गरी यहाँको सरसफाई गर्ने, सुरक्षालाई चुस्तदुरुस्त पार्ने, मञ्च व्यवस्थापनको जिम्मा लगाउने, स्वागतद्वार निर्माण गर्ने र आठवटै जिल्लाका बढीभन्दा बढी जनसमुदायलाई कसरी उपस्थिति गराउने सम्बन्धमा छलफल भएको बताएका छन् ।
उनले प्रम मोदीलाई अभिनन्दन गर्ने कुरामाथि पनि छलफल भएको छ । आजको बैठकमा छलफल मात्र भएको र अगामी बैठकमा शुरुवात गर्ने समेत बताएका छन् ।
यही बैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा जनकपुर आउने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment