Sunday, April 22, 2018

‘मिथिला संस्कृति सहरको प्रत्येक घरमा एउटै कलर’


जनकपुरधाम, ९ बैशाख । मिथिला संस्कृति सहर जनकपुरधामको प्रत्येक घरमा एउटै रंगको प्रयोग गर्नका लागि जनकपुर उपमहानगरपालिकाले सबैमा आग्रह गरेका छन् ।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आईतवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन सो जानकारी गराएका हुन । उनले एशियाली विकास बैंकको ऋण सहयोगमा सडक तथा नाला निर्माणको क्रममा भत्काइएको घर पुनः निर्माण पश्चात् सबै घरमा केसरिया रंगबाट पेन्ट गर्नका लागि नगरवासीमा आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा मेयर साहले घर निर्माणको एउटा नमूना प्रस्तुत गर्दै भने, ‘जनकपुर उपमहानगरपालिका भित्र पर्ने स्टेशन रोडदेखि एयरपोर्ट, रामानन्द चौकदेखि जानकी मन्दिर, शिवचौकदेखि जानकी मन्दिर, सुनारपट्टी सहितको पुनः नव निर्माण घरको पेन्टिङ्गका लागि केसरिया रंग प्रयोग गर्न र उपमहानगरपालिकाले सो रंग उपलब्ध गराउने छ ।’
रंग उपलब्ध गराउनका लागि उपमेयर रिता कुमारी मिश्रको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेका छन् । समितिको सदस्यमा कार्यपालिका सदस्य श्याम साह, शुभनारायण मण्डल, शिवु साह, शत्रुधन पाण्डे, सितिया चौधरी, अमर कुमार साह रहेको मेयर साहले जानकारी गराएका छन् ।
मेयर साहले नवनिर्मित घरको अग्रभागमा जानकी मन्दिरमाथि रामसीताको स्वम्वरवाला तस्वीर सहितको लोगो लगाउनका लागि पनि आग्रह गरेका हुन । उनले डिजाइन अनुसार भवन निर्माण गर्ने व्यक्तिले नक्सा परिवर्तन गर्दा नक्सा दस्तुर पूर्ण छुट दिइने र सोही डिजाइनमा नयाँ नक्सा पास गर्दा ५० प्रतिशतसम्म छुट दिइने निर्णय पनि गरेका छन् ।
मेयर साहले पुरानो संरचनामा नयाँ संरचनाको शुरुवात भएकोले रामायण कालिन जनकपुर निर्माणका लागि जनकपुर उपमहानगरपालिकाले २ महिना अघिदेखि नै कार्य गरिरहेको बताएका छन् । जनकपुरको जनता अब विकास चाहिरहेकोले जनताको भावना र चाहना अनुसार नै जनकपुर उपमहानगरपालिकाले कार्य गरिरहेको उनले जिकिर गरेका छन् ।
नब्बे प्रतिशत बढी जनता उपमहानगरपालिकालाई सहयोग गरिरहेको भन्दै मेयर साहले धन्यवाद दिदै केही ठाउँमा घर भत्काउनमा विवाद दिएको बताएका छन् । उनले सोको लागि एक्सन समिति गठन भई सकेको र एक्सन समितिले पहिला वार्ता मार्फत नै सम्झाउने कार्य गर्ने छ । त्यसपछि पनि उनीहरुले नमानेमा बाध्य भएर उपमहानगरपालिकाले कडा कदम चाल्ने बताएका छन् ।

No comments:

Post a Comment