Thursday, April 26, 2018

‘मलाई बाटो देखाई दिनुस’


जनकपुरधाम, १२ बैशाख । जनकपुर विमान स्थलबाट भानुचौक जाने क्रममा एकजना स्कारपियो चालकले क्याम्पस चौकमा सोधे ‘मलाई भानुचौक, जानु छ, मलाई बाटो देखाई दिनुस् ।’ उनी बिहार सीतामढी जिल्लाको पुपरी निवासी हुनुहुन्थ्यो ।
स्कारपियो चालकले भने, ‘ म विहेमा देवपुरा रुपैठा आएको थियो । गाडीको भन्सार कटाउन भानुचौक जानु छ । तर जत्रतत्र बाटो नै अवरुद्ध देखिएकोले आफू कुनबाटोबाटो जाने अन्योलमा रहेको छु ।’ जनकपुर उपमहानगरपालिका भित्रमा सडक फराकिलो तथा निर्माणको क्रममा जत्रतत्र तोडफोड गरिएको छ । तर सवारी साधनहरु कुनबाटोबाटो जाने कहिपनि साइनबोर्ड नझुण्डाउँदा बाहिरबाट आउने यात्रुहरु निक्कै अन्योलमा परेको छ ।
विहेबारीको बेलामा पनि जानकी मन्दिरसम्म पुग्नका लागि जानेबाटो छैन । पहिलाभन्दा कार्यमा तिव्रता आएको हो तर व्यवस्थित छैन राजपाका केन्द्रिय सदस्य संजय चौधरीले भने, ‘स्थानीय सरकार गठनपश्चात् जनकपुर नमूना सहरतिर विकास गर्न लागेको हो, तर व्यवस्थापनमा कमी देखिएको छ ।’
‘सडक निर्माणको कार्य विशेष गरी परिक्रममा सडकमा ९० प्रतिशत भई सकेको छ । स्टेशन रोडदेखि जनकपुर विमानस्थलसम्म कार्य भई रहेको छ । कम्तिमा सवारी साधनहरुलाई वनवे वा टुबे हुनुपर्छ’ स्थानीय रामचन्द्र यादवले बताएका छन् ।
सडक निर्माण कार्यमा स्थानीयहरु धेरै पीडा भोग्नु परेको स्थानीयहरुको भनाई छ । कम्तिमा जनकपुर उपमहानगरपालिका र टूाफिक कार्यालयले सवारी साधनको बाटो छुट्याउन संकेतिक बोर्ड र प्रहरी खटाई दिनुपर्ने शिव ठाकुरको भनाई छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुर नगरभित्र ९ किलोमिटर सडक र ३२ किलोमिटर नाला निर्माण कार्य भई रहेको छ ।


No comments:

Post a Comment