Wednesday, April 11, 2018

‘बार’ लगाउ“दा मेयरले गरे दादागिरी ः पूर्व सांसद साह


जनकपुरधाम, २७ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्व साँसद प्रेमकिशोर साहले आफ्नो निजी जग्गामा ‘बार’ (घेरा) लगाउँदा सबैलाका मेयर विजय शंकर साहले ‘दादागिरी’ गरेको आरोप लगाएका छन् ।
जनकपुरधाममा मंगलवार पत्रकार सम्मेलन गरी उनले सबैला नगरपालिका वडा नं. ९ मा रहेको निजी जग्गामा आफूले ‘बार’ लगाउँदा सो नगरपालिकाका मेयर साहले कामदारलाई गाली गलौज गर्दै कार्य रोक्का गरी दादागिरी शैलीमा प्रस्तुत भएको बताएका छन् । आफू पनि राजनीतिकर्मी रहेकोले कानून विपरित कुनै कार्य गर्दैनौ उनले भने, ‘खेतको जग्गामा ‘बार’ लगाउँदा नक्सा पास गर्नुपर्ने कतै कानून वा नरपालिकाको ऐनमा छैन । तर मेयर साहले मलाई राजनीतिक ‘ड्यामेज’ गर्नका लागि षड्यन्त्रपूर्ण तरिकाले दादागिरी देखाउन खोजे हो ।’
पूर्व साँसद साहले आफ्नो जग्गामा बार लगाउँदा मेयर साहको पछाडि पर्ने जग्गाको बाटो अबरुद्ध भईरहेकोले त्यस्तो गर्न खोजेको आरोप लगाएका हुन् । उनले मेरै खेतको अगाडि तरकारी बजार लाग्ने गरेको छ । साँसद भएको बेलामा राजनीतिमा व्यस्त रहँदा त्यो जग्गालाई खाली छोडेको र अब यस पटक प्रतिनिधि सभामा पराजय भएपछि सो जग्गामा सब्जी उब्जाउनका लागि ‘बार’ लगाउँदा नक्सा पास गर्नुपर्ने भन्दै मेयर साहले दादागिरी शैलीमा रोक लगाइएको बताएका छन् ।
पूर्व साँसद साहले जग्गाको सबै प्रमाणहरु देखाउँदै आफ्नो पक्षमा नगरपालिकाको सबै वडा अध्यक्ष, सदस्यहरु रहेको छ । तर मेयर साहले राजनीतिक रुपमा ‘ड्यामेज’ पार्नका लागि सबैको अगाडि दादागिरी देखाएको दोहोर्याएका छन् । उनले भने, ‘म न्यायका लागि पत्रकार सम्मेलन गरेको हो । मेरो कार्य कसरी सञ्चालनमा आउँछ पत्रकार मार्फत नै प्रशासनिक लगायत निकायलाई गुहार्र्दै छु ।’ उनले मेयर साहले आफ्नो पदलाई दुरुपयोग गरिरहेको समेत आरोप लगाएका छन् ।
यता मेयर साहसँग सम्पर्क गर्दा उनले भने, ‘स्थानीय जनताको जनभावना अनुसार जग्गा घेरामा रोक लगाइएको हो । त्यो निजी जग्गा नेता साहकै हो यसमा कुनै दुई मत छैन । तर स्थानीयवासीहरुको चाहना अनुसार उक्त जग्गामा तरकारी बजार लाग्ने गर्दै आएको छ ।’ उनले उक्त ०३६ सालदेखि नै त्यहाँ तरकारी बजार लाग्दै आएको र माओवादी द्वन्दकालमा सो बजारको विस्तार भएको पनि बताएका छन् । उनले विस्तारको क्रममा नेता साहको जग्गामा पनि बजार लाग्दै आएको जिकिर गरेका थिए ।

No comments:

Post a Comment