Monday, April 2, 2018

दैनिक करोडौ नोक्सान


जनकपुरधाम, १८ चैत । जनकपुर उपमहानगरपालिकाको विकासको क्रममा तोडफोड शुरु हुँदा यहाँका बजार व्यापार शुन्यमा झरेको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा यहाँका सडक तथा नाला निर्माण कार्य तिव्रगतिमा हुँदैछ । तर बजार व्यापार बिलकुलै शुन्यमा झरेपछि व्यापारीहरु निक्कै चिन्तित बनेका छन् ।
‘जनकपुर शहरको बाटोघाटो बिलकुलै बन्द नै भएको अवस्थामा छ । पसलहरुमा राखिएको सामानहरु कहाँकहाँ छ अतोपतो छैन । जहाँ सेवाग्राही जान सकिदैन, त्यहाँ व्यापार नचल्नु स्वभाविकै हो’ ( जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताएका छन् ।
अध्यक्ष साहले भने, ‘सेवाग्राहीहरु अहिले जनकपुर आउनमा कतराई रहेका छन् । बजारमा सेवाग्राही नै शुन्य हो, यस्तो अवस्थामा व्यापार शुन्य हुनु स्वभाविकै हो । दैनिक रुपमा करोडौको घाटा व्यापारीहरुको छ ।’ तोडफोड हुँदा यहाँका व्यापारीहरु बोर्डरपारी जाने गरेको उनले बताएका छन् ।
अध्यक्ष साहले ‘जनकपुरको विकासको कुरामा यसको विरोध पनि गर्नु उचित मैलैले बुझेको छैन । आजको विनास भोलीको विकासको रुपमा देखिएको छ । राज्यलाई घरधनीहरुलाई मुआब्जा दिनुपर्ने थियो ।’
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष विजय साहले यहाँको बजार शुन्य मात्र होइन, दोहरो घाटामा रहेको बताएका छन् । उनले घरहरु तोडफोड र निर्माण कार्य पनि व्यापारीहरुलाई गर्नु परिरहेको छ । व्यापार संघले गर्नुपर्ने कार्यमा मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । हप्तौदेखि पसलहरु पूर्ण रुपमा बन्द रहेको उनले जिकिर गरेका छन् । उनले भने, ‘संवैधानिक व्यवस्था अनुसार पनि अहिलेको विकास नीति गलत र जिम्मेवार विहीन रहेको छ ।’
जनकपुर नगरपालिका भित्रमा शिवचौकदेखि रेल्वे स्टेशनसम्म, जानकी चौकदेखि रामानन्द चौकसम्म घर भत्काउने कार्य चलिरहेको छ । निर्माण कार्यमा तिव्रता आएपनि कतिदिनसम्म यहाँको व्यापारहरु शुन्यमै रहने भन्न अप्ठ्यारो रहेको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठले बताएका छन् ।

No comments:

Post a Comment