Saturday, April 7, 2018

दलितलाई आत्मनिर्भर बनाउन राज्यको जिम्मेवारी होः प्रदेश प्रमुख कायस्थ


जनकपुरधाम, २३ चैत । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले आर्थिक समान्ता, समृद्धि एवं अधिकार पाउनका लागि पनि तत्मा समुदायलाई शिक्षित हुनु आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा राष्ट्रिय तत्मा समाज नेपालको ‘प्रथम अधिवेशन’ को उद्घाटन सत्रमा प्रदेश प्रमुख कायस्तले भने, ‘मुलुक संघीय लोकतान्त्रिक गुणन्त्रतात्मक राज्यमा रुपान्तरण भई सकेको छ । हरेक जातजातिको पहिचान सहितको अधिकार स्थापित हुनुपर्छ ।’ आर्थिक समृद्धि र अधिकारको लागि शिक्षित हुनु आवश्यक छ । शिक्षित भएमा मात्र तत्मा समुदायको सामाजिक उत्थान, जनचेतना आउने हो उनले थपे ।
प्रदेश प्रमुख कायस्थले यो महाधिवेशन आउनेवाला दिनमा समाजमा हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । राष्टिूय महाधिवेशन एकताको अधिकार, सामाजिक उत्थानका लागि गौरवपूर्ण क्षण रहेको दोहोर्याएका छन् । उनले दलितहरुलाई आत्मनिर्भर बनाउन राज्यको जिम्मेवारी रहेको हो । राज्यले दलितहरुप्रति विशेष ध्यान दिने छ विश्वास समेत दिलाएका छन ।
तत्मा समाजका केन्द्रिय अध्यक्ष रामअशिष दासको अध्यक्षतामा भएको ‘महाधिवेशन’ मा  भारत बिहारका पूर्व विधायक रविन्द्र दास ताँतीले दलितमा पनि सबभन्दा बढी गरीब दलित तत्मा समुदाय रहेको भन्दै राजनीतिक लगायत हरेक निकायमा हिस्सेदार बनाउनका लागि प्रदेश प्रमुख कायस्थसँग आग्रह गरेका छन् । उनले भने, ‘तत्मा समुदाय गरीब छ, तर इमान्दार छ । त्यही इमान्दारीको फाइदा अरुले लिने गरेको हो ।’
उनले तत्मा समुदायप्रति संकेत गर्दै भने, ‘अधिकार माँगेर कसैले दिंदैन, अधिकार छिन्नु पर्छ । त्यसका लागि तत्मा समुदायको रहेको नारा शिक्षित, संगठित एवं संघर्ष गरौ’को पालना गर्नु पर्दछ ।’
कार्यक्रममा नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, नेपाली काँग्रेसका धनुषा सचिव सन्तोष यादव, मुसहर समुदायका अगुवा नेता चन्देश्वर सादा, प्रदेश सभा सदस्य चमेली देवी दास, प्रमिला देवी दास, समाजका धनुषा जिल्ला अध्यक्ष राजदेव दास, राजकुमार दास, झगरु दास लगायत दर्जनौं व्यक्तिले विचार राखेका छन् ।
‘प्रथम अधिवेशन’मा आठवटै जिल्लाका तत्मा समुदायका करीब १० हजारबढी को सहभागिता रहेको थियो । अहिलेसम्मकै दलितहरुको सबभन्दा ठूलो र भव्य कार्यक्रम रहेको सहभागीहरुले दावी गरेका छन् ।

No comments:

Post a Comment