Monday, April 2, 2018

‘दस वर्षदेखि प्रतिशोध लिंदै आएको आरोप’


जनकपुरधाम, १८ चैत । जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टीका रविन्द कुमार यादवले राजनीतिको दम्भमा विगत १० वर्षदेखि भौतिक र मानसिक रुपमा प्रतिशोध लिंदै आएको आरोप लगाएका छन् ।
जनकपुरधाममा आईतवार पत्रकार सम्मेलन गरी यादवले तिलेश्वर यादव, विलेश्वर यादव, धनेश्वर यादव र उनका छोरा रामविनय यादव, प्रदीप यादव, शंकर यादवले पटक पटक कुटपिट र जग्गा कब्जा समेत गरेको बताएका छन् । उनले जिल्लादेखि चौकीसम्म न्यायको लागि गुहारेपनि न्याय नपाएकोले पत्रकार माझ आएको गुनासो पोखेका छन् ।
पीडित यादवले उनी सबै विभिन्न राजनीतिमा लागेका छन् । आफु बिलकुलै स्वतन्त्र रहेकोले कसैले सहयोग नगरेको बताएका छन् । उनले भने, ‘जेल परेका रामविनोद यादव लगायतले २०६५ सालमा मरन्नासन गरी आफू र बुवालाई कुटपिट समेत गरेको थियो । उनीहरुकै डरले २ वर्ष वैदेशिक रोजगारी पनि गए । एकवर्ष जनकपुरमै घर भाडा लिई विताए । तर स्थानीय निकायको निर्वाचन पश्चात गाउँ गएपनि उपद्रव दिने कार्य छोडेको छैन ।’
यादवले वैदेशिक रोजगारीबाट आएपछि घर निर्माणको आधी कार्य भई सकेको छ । छत ढलान मात्र बाँकी रहेकोले ढलान गर्न जाँदा उनीहरुले कुटपिट तथा प्रहरी प्रशासनलाई रकम खुवाएर तोडफोड गराँउर्दै आएको कुरा दोहोर्याएका छन् ।
पीडित यादवले तिलेश्वर, विलेश्वर र धनेश्वरले नगर डिहवारको जग्गा कब्जा गरेको र सोको विरोधमा जिल्ला अदालतमा मुद्दा दर्ता समेत गराएको थियो । जनकपुर उच्च अदालतले सो मुद्दालाई ०७३ चैत १२ गतेमा आफ्नै पक्षमा फैसला समेत सुनाएको छ । तर अहिलेसम्म त्यो जग्गा खाली गराएको छैन । डिहवारको बाटोबाटै हाम्रो घरको पनि बाटो रहेकोले आफूले मुद्दा दिएको बताएका छन् ।
उनले आफूले न्याय नपाएमा काठमाडौंसम्म जाने भन्दै राज्यले नसुनेमा धर्ना दिने बताएका छन् ।
यसरी साधियो रिश्वी
पीडित रविन्द्र यादवले पत्रकार सम्मेलनमा भने, ‘रामविनोद यादव, तिलेश्वर यादव, विलेश्वर यादव, धनेश्वर यादव विभिन्न राजनीतिक दलमा लागेका हुन । उनीहरुले गाउँ विकासका लागि आउने रकमहरु सचिवलाई मिलाएर झ्वाम्मै खाउने गरेको थियो । त्यति मात्र होइन गाउँघरमा झगडा हुँदा पचास हजार देखि एकलाखसम्म जरिवाना लगायत गर्ने गरेको र सो पंचायत गर्दा रकम समेत लिंदै आएको थियो ।’
उनले अगाडि भने, ‘उनीहरुसँग सबै गाउँवासीहरु डराउँदथे । तर आफूले युवाहरुको सहयोगमा सो गाउँमा २०६३ सालमा ‘हंस वाहिनी समाज सेवी युवा समिति’ गठन गरे ।  त्यसको जिल्ला प्रशासन कार्यालयमा ११४८ दर्ता नम्वर रहेको छ । त्यसपछि युवा समितिका युवाहरुले झै झगडा लगायतमा निःशुल्क रुपमा मिलाउने कार्य गर्ने गर्दथे । ०६३ सालमा कन्कपट्टी गाउँ विकास समिति रहेको थियो । गाउँ विकासको लागि ४२ लाख रुपैया आएको थियो । त्यसलाई कागजी भरपाई होइन, कार्यमा सदुपयोग हुनुपर्ने अडान राखेपछि उनीहरुले सोही दिनदेखि रिश्वी साध्दै आएको हो ।’

No comments:

Post a Comment