Sunday, April 22, 2018

उपमहानगरपालिकाको इजलास आजबाट शुरु


जनकपुरधाम, ९ बैशाख । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार जनकपुर उपमहानगरपालिकाले आईतवार ‘न्यायिक समितिको कार्यालय’ सञ्चालन गरी इजलास शुरु गरेको छ । उपमहानगरका मेयर लालकिशोर साहले फिता काटेर ‘न्यायिक समितिको कार्यालय’ सञ्चालनमा ल्याइएको छ ।
मेयर साहले कार्यालयको उद्घाटन गर्दै भने, ‘उपमहानगरपालिका भित्र जनसंख्या बढनुका साथै मुद्दा मुकादमाको चाप अदालतमा बढिरहेको छ । आर्थिक रुपमा पिछडिएको व्यक्ति जसले मुद्दा मुकादमा लड्ने अवस्थामा छैन । त्यस्ता व्यक्तिको न्याय दिलाउनमा यो समितिले सफल हुने छ ।’
उनले यसले समयको बचत तथा आर्थिक बचत समेत हुने छ । स्थानीय सरकारले स्थानीय समस्याहरु समाधान गर्नमा सपल हुने र त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको जिकिर गरेका छन् ।
उनले न्यायिक समितिमा पर्ने उजुरीलाई वार्ता र छलफल मार्फत समाधान गर्ने र यहाँ समाधान नभएमा अदालतमा पठाउने न्यायिक समितिको लक्ष्य रहेको बताएका छन् ।
उपमेयर रिता मिश्र न्यायिक समितिको संयोजक रहेको छ भने सदस्यमा दिगम्बर साह र शिवरत्न पाण्डे रहेका छन् ।  उपमेयर मिश्रले पहिला पनि उपमहानगरपाकिलामा परेको उजुरीलाई वार्ता र छलफल मार्फत नै समाधान गर्दै आएको र अब अधिकार रुपमा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूले कुनै पनि हालतमा न्यायको पक्षमा रहने र अन्याय कदापि हुन नदिने पनि बताएकी छिन् ।

No comments:

Post a Comment