Friday, April 20, 2018

सशस्त्रले तस्कार पालेको भन्दै भन्सार कार्यालयमा तालाबन्दी


जनकपुरधाम, ६ बैशाख । सशस्त्र प्रहरीले तस्कर पालेको भन्दै विहिवार जनकपुर उद्योग वाणिज्य संघ जनकपुर भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ ।
भन्सार कार्यालयमा तालाबन्दी गरी सडकमै बसेर व्यापारीहरुले राजस्व अनुसन्धान विभाग विरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले सशस्त्र प्रहरीले नै अबैध रुपमा तस्कारी गराउँदै आएको आरोप समेत लगाएका छन् ।
प्रहरी प्रशासन र नियमनकारी निकायले नै तस्करी गरेर वैध व्यापारीलाई अनावश्यक दुःख दिएको वाणिज्य संघले आरोप लगाएको छ ।
जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम लिएर अवैध तस्करी गराएको भन्दै जनकपुर उद्योग वाणिज्य संघ आन्दोलित भएको हो ।  भन्सार कार्यालयले मोटो रकम लिई तस्करीको लाइन दिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले बताएका छन ।
राजश्व बुझाउँदा पनि जयकुमार यादव लगायतका तस्करको समूहले जनकपुर ल्याउँदै गरेको ज १ ख ८७९ नम्बरको गाडीको सामान सशस्त्र प्रहरीलाई बुझाएपछि आन्दोलनमा उत्रिएको संघका महासचिव जितेन्द्र महासेठले आरोप लगाएका छन् ।
प्रहरी प्रशासन, भन्सार कर्मचारी तथा राजश्व अनुसन्धानले रकम कानून बमोजिम मालसमान भित्र्याउने व्यवसायीको सामान नियन्त्रणमा लिने तर मोटो रकम दिने तस्करको मालसमान रातारात निर्वाध रुपमा ल्याउन दिइरहेको उद्योग वाणिज्य संघको आरोप छ । वैध ढंगले काम गर्न खोज्दा ब्यापारीलाई तस्करको सञ्जालले पटक पटक अवरोध खडा गरेको संघका अध्यक्ष ललित साहले बताएका छन ।
जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माको तस्करसंग सम्बन्ध रहेको ठहर गर्दै कारवाहीका लागि विभागमा तानिसकेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काफलेले जानकारी दिए ।
धनुषाको जटही भन्सार नाकाबाट पछिल्लो समय व्यवस्थित तस्करी बढेको छ ।  ६ चक्के टूकमा ल्याइएको लत्ताकपडाको भन्सार महसुल दुईदेखि तीन लाख रुपैयाँ हुन्छ । तर कर्मचारीको मिलोमतोमा उक्त गाडीको मालसामन चेकजाँच नै नगरी ४० देखि ५० हजार मात्र भन्सार राजश्व तिरेर छुट्ने गरेको छ ।
जटही भन्सार हुँदै आएको सो लत्ताकपडा लादिएको टूकलाई केही तस्करहरुले चालकलाई समेत कुटपिट गरी सशस्त्रलाई बुझाइएको छ । बुधवार करीब साँझ ५ बजे जनकपुर भन्सारमा सो टूक बुझाएर चेक जाँचका लागि राजस्व अनुसन्धान विभागलाई खबर गरिएको थियो ।
यता जनकपुर उद्योग वाणिज्य संघले अबैध रुपमा समानहरु छन् व्यापारीहरुमाथि कारवाही हुनुपर्छ वैध छ भने अनावश्यक दुःख दिने निकायमाथि कारवाही हुनुपर्ने माँग राखेका थिए । तर राजस्व विभागले जनकपुर भन्सारमा चेकजाँच गर्न नमिल्ने बर्दिवासमा गर्ने संघसँग सम्झौता गरेको थियो । राजस्व विभाग, भन्सार र संघका पदाधिकारीहरु बर्दिवास लगेर चेकजाँच नगरी पथलैया पठाइएको छ ।


No comments:

Post a Comment