Sunday, April 22, 2018

‘साउदी अस्पतालको बेडमा रहेको पासमानलाई ५१ हजार सहयोग’


जनकपुरधाम, ८ बैशाख । जनकपुर उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा बस्ने जुलुम पासमानको छोरा धर्मनाथ पासमान साउदी अरबको अस्पताल बेडमा डेढ वर्षदेखि उपचारमा रहेको छ । यहाँबाट ऋण लिएर वैदेशिक रोजगारीमा ०७१ सालमा उनी साउदी अरब पुगेका थिए । तर खाडी मुलुक कमाउन गएका पासमानले डेढ वर्ष वित्दै अस्पताललाई ४५ हजार रियाल बुझाएमा नेपाल फर्किने अवस्थामा छैन ।
बरफ बेचर उनी चारवटा छोरी र एउटा छोराको पालन पोषण गर्दै आएको थियो । तर त्यसले परिवारिक समस्या नटरेपछि ऋण लिएर छोरा साउदी अरब गएको थियो,’ उनको बुवा जुलुम पासमानले भने, ‘डेढवर्ष नवित्दै उनी सडक दुर्घटनामा परेको सूचना आयो । छोरालाई परालाइसिस मारेको हो । यहाँ खान पुगिरहेको छैन र त्यहाँ उपचारको लागि पैसा छैन ।’ आफूले जसोतसो मजदुरी गरेर घर चलाई रहेको उनले बताएका छन् । उनले चारवटा छोरी मध्ये एउटा छोरीको यही बैशाख १० गते विहे रहेको समेत बताएका छन् ।
यता साउदी अरबद्वारा सञ्चालित ‘हेल्प मधेशी’ नामक संस्थाले पीडित परिवारलाई शनिवार ५१ हजार बढी रकम सहयोग गरेको छ । हेल्प मधेशीका कमलदेव साह र शिवनारायण मण्डल लगायतका व्यक्तिहरुले खाडी मुलुकमा रहेको कामदारहरुसँग आर्थिक सहयोग संकल्न गरेर सो रकम सहयोग गरेको जनाइएको छ ।
प्रदेश सभासदस्य रामअशिष यादव, सुरेश शर्मा, विनोद दास, कृष्णचन्द्र साह सहितका व्यक्तिहरुले संयुक्त रुपमा पीडित परिवारलाई रकम हस्तान्तरण गरेका हुन ।
हेल्प मधेशीका नारायण मण्डलले भने, ‘पासमान साउदीको जुवेलमा उनी मजदुरी गर्दैथे । तर त्यहाँबाट भागेर उनी साउदीकै अल्हसामा काम गर्न थाले । सोही क्रममा सडक दुर्घटनामा परी उनी घाइते भएका हुन । उनलाई दाया खुट्टामा परालाइसिस समेत मारेको छ ।’ उनले पासमानलाई नेपाल फर्किनका लागि दुईवटा मात्र विकल्प रहेको भन्दै एउटा विकल्प नेपाल सरकारले ४५ हजार रियाल अस्पतालाई बुझाउनु पर्छ वा कम्पनीले आफ्नो मान्छे रहेको स्वीकार पर्छ बताएका छन् । तर ती मध्ये एउटा पनि नभएमा चोरेर भागेमा मात्र सम्भव रहेको हो, उनले भने ।
मण्डलले साउदी स्थित नेपालका राजदूत डा. महेन्द्र सिंह राजपुतलाई सबै कुराको जानकारी गराई सकेको भन्दै उनले साउदी सरकारलाई आग्रह गरे वा अस्पतालको खर्च तिरेमा मात्र पासमान नेपाल फर्कन सकिने बताएका छन् ।

No comments:

Post a Comment