Sunday, April 8, 2018

‘बाह्र दिनसंगै राखेर सडकमै छोडेर भाग्यो’


जनकपुरधाम, २४ चैत । धनुषाकी २३ वर्षिय एउटा महिलाले आफूले जससँग प्रेम गरे, उनले घरबाट भगाएर अर्को ठाउँमा घर भाडा लिई १२ दिनसम्मसँगै विताए र त्यसपछि यहाँ सबैलाई थाहा भई सकेको छ, अर्को ठाउँमा जाउ भनेर बाटै छाडेर भागेको गुनासो पोखेकी छिन् ।
जनकपुर स्थित ओरेक नेपाल संस्थामा १२ दिनदेखि बस्दै आएकी २३ वर्षिय बिबता यादवले दैनिक जनकपुरसँग सो कुरा बताएकी छन् । बबितालाई एउटा छोरा र दुईवटा छोरी छन् । धनुषाको चारनाथ नगरपालिका वडा नं. २ चोराकोयलपुर (डुमरिया) बस्ने ब्रम्हदेव यादवको छोरा साधुशरण यादवसँग आठ वर्ष अघि बबिताको विहे भएको थियो । बबितालाई ठूलो छोरा रहेको छ भने सबभन्दा सानो एउटा छोरी रहेको छ ।
करीब दुई वर्षदेखि सोही गाउँमा बस्ने बैजु यादवको छोरा राजकिशोर यादवसँग प्रेम भएको र उनी शारीरिक सम्बन्ध समेत रहेको बबिता यादवले बताएकी छन् । बबिताले भनिन, ‘दुई वर्षदेखि प्रेम बस्दै आएपछि आफूले विहेको प्रस्ताव राखे । यी कुराहरु केटाको आमाबुवालाई पनि थाहा छ । उसको आमा बुवाले कतिचोटी दुबैलाई यहाँबाट भाग भन्दै पनि आएको थियो ।’
‘फागुन २२ गते गाउँबाट मलाई भगाएर यदुकोहामा घरभाडा लिई हामी दुबै बस्दै आएको थियो । यदुकोहामा हामी १८ दिनसम्मसँगै बसे । त्यसपछि केटाले भने यहाँ सबैलाई थाहा भई सकेको छ । अब अन्तै घर भाडा लिएर बस्नु पर्छ । मलाई त्यहाँबाट अब मिर्चैमै घर भाडा लिएर बस्ने भन्दै मिर्चैकै बाटोमा मलाई छोडेर भागे’ उनले दुखेसो सुनाइन ।
उनले अगाडि भने, ‘उताबाट हाम्रो देवर प्रमोद यादव आई रहेको थियो । उसले मलाई समातेर घर ल्याइयो । दुई दिनसम्म मन्दिरमै राख्यो । घरदेखि यदुकोहा चौकीसम्म पञ्चयती बस्यो । तर केही फैसला भएन । त्यसपछि मलाई प्रहरीले ओरेक नेपाल संस्थाको जिम्मा लगाइएको छ ।’
घर बनाउँछु भनेर मैले आमासँग २० हजार रुपैया कर्जामा लिएर र ३० हजारको भैसी बेचेको पैसा पनि केटीलाई दिएको हो । त्यति मात्र होइन, चालिस भरि चाँदी र एकभरि सुन पनि केटाले लिएर फरार भएको उनले आरोप लगाएकी छन् ।
बबिताले भनिन, ‘मलाई राजकिशोर यादवकै २ महिना गर्भ रहेको थियो । तर ओरेक नेपालमा आएपछि चारनाथ नगरपालिकाकी उपमेयर मिना यादवले मलाई धाकधम्की दिई बच्चालाई खसाएर पहिलाकै पतिसँग बस नत्र तिमीलाई जेल पठाई दिन्छु भनेर बच्चा खसाउनका लागि दववा दिएपछि आफूले सो बच्चा खसाएको आरोप लगाएकी छन् । उनले विभिन्न किसिमको धाक धम्की समेत उपमेयरले दिंदै आएको बताएकी छन् ।
यता ओरेक नेपालकी सुरक्षा गृह निकायका इन्चार्ज निर्मला काफ्लेले १२ दिन अघि प्रहरीले यस संस्थामा बबितालाई पठाइएको बताएकी छन् । उनले आफूले सम्झाई बुझाई न्याय दिलाउने पक्षमा रहेको थियो । तर केटीको आमा रामदुलारी यादवले उपमेयर मिना यादवलाई लिएर म कहाँ पुगिन । केटीको आमा, उपमेयर र म बसेर छलफल भयो । छलफलमै केटीले गर्भ तुहाएमा पहिलाको पतिले राख्नका लागि स्वीकार्ने छ भनेर सहमति भयो । केटीकै सहमतिमा गर्भ खसाएको हो । तर अहिले आरेक नेपालमाथि पैसा खाएर जबरजस्ती आरोप लगाउने गरेको बताएकी छिन् । उनले कसैले प्रमाणित गरि दिएमा म जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताएकी छिन ।
उनले आरेक नेपालमा सबै कुराहरु गोप्य किसिमले हुने गरेको छ । तर यसरी हल्ला फैलिएरपछि गोपनियता खत्म भएकोले आफूले त्यो केटीलाई राख्न नसक्ने बताएकी छिन् ।
यता महिलाकी देवर प्रमोद यादवले उपमेयर मिना यादव केटाको रिलेशनमा रहेको र उनी कुरा मिलाउनका लागि पाँच लाख रुपैया खर्चिएको आरोप लगाएका छन् । यता केटीले पनि जसले मलाई भगाएर ल्याएको छ उनीसँगै बस्ने जिकिर गर्दै आएकी छन् । तर नागरिकता अनुसार केटाको उमेर १८ वर्ष पनि नपुगेको ओरेक नेपालले बताएका छन ।

No comments:

Post a Comment