Wednesday, April 25, 2018

सरकारले ल्यायो एक अर्ब २ करोडको बजेट


जनकपुरधाम, ११ बैशाख । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् ।
मन्त्री यादवले बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान,  स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम,  माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम घोषणा गरेका छन् ।उनले कृषि, सिचाइ, पर्यटनका साथै  रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको बताए । बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनर्स्थापना कोष स्थापना गर्ने,  उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने,  महिला हिंसा,  बलात्कार,  दाइजोप्रथा रोक्न,  बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।

No comments:

Post a Comment