Saturday, April 7, 2018

धनुषा कांग्रेसको अधिवेशन अन्यौलमै


जनकपुरधाम, २३ चैत । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनलाई लिएर अन्यौलता कायमै रहेको छ । पटक पटक जिल्ला अधिवेशनको मिति सर्दै जादा अन्यौताको श्रृजना भएको छ । चैत २४ र चैत २८ गते अधिवेशन गर्ने दूई वटा मिति घोषणा गरिएपनि हुन नसक्दा वैशाख ५ वा ६ गते गते गर्ने घोषणा गरिएको छ । तर अब आएर यो मितिमा पनि अधिवेशन हुने छाँटकाँट देखिदैन ।
जिल्ला अधिवेशनको मितिको विषयलाई लिएर अन्यौलता कायम रहेपनि तीन जना नेता आफ्नो दावेदारीलाई लिएर प्रचार प्रसारमा पहिलेदेखि नै लागि सकेका छन । नेता महेशशंकर गिरी, जिल्ला सचिव संतोष यादव र दिनेश प्रसैला आफ्नो उम्मेदवारीलाई प्रचार प्रसारमा पहिले देखि नै लागि सकेका छन ।
जिल्ला अधिवेशनको विषयमा अन्यौलता रहेको बेला अध्यक्ष पदका लागि उम्मेदवारी दिने सोच बनाएका वर्तमान सचिव संतोष यादव निधि खेमाका नेताहरुलाई जिम्मेवार ठान्छन । उनीहरुकै रवैयाका कारण अहिले सम्म अधिवेशन हुन नसकेको यादवले आरोप लगाए । अधिवेशन नहुँदा विधानको धज्जी उडि रहेको हुँदाले खेद समेत प्रूकट गर्नुभयो ।
सचिव यादवको आरोपलाई खण्डन गर्दै नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव वैशाख ५÷६ गते नहुने सम्भावनालाई स्वीकार गर्नु हुन्छ । उहाँले कांग्रेस नेता खुमबहादुर खडकाको निधन भएका कारणले यो मितिमा अधिवेशन हुने सम्भावना कमै रहेको प्रतिक्रिया दिनु हुन्छ । सभापति यादवले हामी गम्भिर भएर अधिवेशन गर्ने तयारीमा रहेको दावी गर्नुभयो ।
कोइराला लबीबाट प्रसैलाको नाउँ तय नै देखिएपनि कुनै नेता खुलेर बोल्न रुचाई रहेका छैनन् । नेत गिरीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निधि पक्षले यस अघि नै निर्णय गरि सकेको छ । यता डा. चन्द्रमोहन र उहाँका बुवा पूर्व राष्टूपति डा. रामवरण यादवले संतोषलाई कुनै हालतमा उम्मेदवार बन्न नदिनका लागि आफ्नो सम्पूर्ण ताकत लगाई सकेका छन । कांग्रेसका बरिष्ठ नेतृ लिला कोइराला यसअघि संतोषकै पक्षमा थिए तर डा. चन्द्रमोहन बुवा छोराको अडानका कारण उहाँ पनि निर्णय गर्न सकि रह्नु भएको छैन । 
कांग्रेस धनुषाको नेतृत्व सर्वसम्मतिका लागि चयन गर्नका लागि दिग्गज नेताहरु लागि परेका छन । सर्वसम्मति गर्नका लागि कांग्रेसका बरिष्ठ नेता विमलेन्द्र निधि सर्वसम्मत बनाउनका लागि जनकपुर आई पुगेका छन । अकांक्षी उम्मेदवारीहरु आ(आफ्नो कुरा राख्नका लागि समेत पुगी रहेको कांग्रेस निकट श्रोतले जनाएको छ ।  

No comments:

Post a Comment