Tuesday, April 10, 2018

धनुषामा पा“च वर्षीया बालिका बलात्कृत


जनकपुरधाम, २६ चैत । धनुषाको धनौजी गाउँपालिका–१ लखौरीमा पाँच वर्षीया बालिकालाई बालत्कार गरिएको छ । उनी विद्यालय जाँदै गरेको बेलामा १४ वार्षिय बालकले बलात्कार गरेको आरोप रहेको छ । आइतबार पीडित बालिका एक्लै विद्यालय गइरहेको बेला सोही विद्यालयमा पढ्ने ती बालकले उनलाई जबरजस्ती समातेर झाडीमा लगि बलात्कार गरेका हुन् । उनलाई प्रहरीले बालात्कारको आरोपमा आफ्नो नियन्त्रणमा पनि लिएको छन ।
बालिकालाई बलात्कार गरेर बालक भागेका थिए। बालिकाले आफूसँग नराम्रो गरेको भनि अभिभावकलाई भनेपछि छोरीलाई बलात्कार भएको भन्दै अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।
पीडित बालिकाले आफूसँग दुष्कर्म गर्ने आफ्नै विद्यालयका छात्र भएको आमाबुवालाई बताएपछि प्रहरीले बालकलाई पक्राउ गरेको हो । बालिकाको शारीरिक परीक्षण गराउँदा जबरजस्ती करणी भएको कुरा पुष्टी भएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताएका छन । सिंहले भने, ‘बालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाइएको छ ।’
आरोपी नाबालक भएको हुनाले यस्तो अपराध गरेको खण्डमा अदालतबाट बाल सुधार गृहमा पठाउन सक्ने वा तोकिएको भन्दा आधी सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । आरोपी नाबालक रहेकाले यसप्रकार सानो बच्चीसँग कुकर्म गरेको भनी पत्याउन समेत गाहे हुने अवस्थामा प्रमाण नै फेला परेपछि आश्चर्य लागेको प्रहरी उपरीक्षक सिंहले बताएका छन। उनले भने, पछिल्लो समय बलात्कार जिल्लामा ठूलो सुरक्षा चुनौतीको रुपमा अघि आएको छ ।
यस अघि गत चैत १४ गते मात्र जिल्लाको सहिद नगरपालिका ८ विषरभोरामा फुपुसँगै घरमा रहेकी १४ वर्षीय बालिकालाई दुई युवकले घरबाट अपहरण गरी सामुहिक बलात्कार गरेका थिए।
बालिकाका अभिभावक घरमा नभएको मौका छोपी स्थानीय शहीदनगर नगरपालिकाका मनोज नर्सिया यादव र दिपेश बिराजीले बालिकालाई मुख थुनी घरबाट खेतमा लगेर बलात्कार गरेका थिए । यस वर्षमा धनुषामा ९ वटा बलात्कारको घटना भइसकेको छ। जसमा १० जना पीडक पक्राउ परेका छन् भने ३ जना फरार रहेका छन् ।

No comments:

Post a Comment