Sunday, April 15, 2018

सवारी गुडाउनेहरु बाटो खोज्दै


जनकपुरधाम, २ बैशाख । जनकपुरधाममा प्रवेश गरेपछि फ्लानो चौकदेखि फलानो चौकसम्म जानका लागि बाटो खोज्नमा अधिकांश समय व्यतित हुने गरेको छ सवारी गुडाउनेहरुलाई ।
धार्मिक नगरी जनकपुरधाममा नयाँ वर्षको अवसरमा नेपाल तथा भारतको विभिन्न जिल्लाबाट सवारी साधन लिएर आएका तीर्थयात्रुहरुले कुनबाटोबाट कहाँ पुग्ने अन्योलनमा छ । जनकपुरधाम नगरभित्रमा प्रवेश गरेपनि जानकी मन्दिर, शिवमन्दिर, जनकचौक, भानुचौक, कदम चौक कसरी जाने अन्योलता देखिएको छ ।
‘जानकी मन्दिरबाट  भानुचौक जानका लागि आधा दर्जन व्यक्तिसँग सोधे, तर कसैले सही बाटो देखाउन सकने,’ मलगंवाबाट आएका महेन्द्र राउतले भने, ‘भानुचौकमा हाम्रो रिस्तोदर रहेको छ । नयाँ वर्षमा जानकी माताको दर्शन गरी भानुचौक जाने खोज्यो । कतैबाटो बन्द रहेको छ भने कतै तोडफोड देखेर हिम्मत भएन ।’
त्यस्तै भारत बिहारबाट आएका दिनेश रामले भने ‘नयाँ वर्ष नेपालमै मनाउने सोचेर आएका थिए । तर जनकपुरको मुटु भानुचौक, जनकचौक लगायत हेरेर आफू निक्कै छक्क परेको हो । भारतीय च्यानलमा सिरियामा भएको घटना देखाउने गरेको जस्तो रहेको छ । पसलहरु पनि बन्दै बन्द, जत्रतत्र तोडफोड भई रहेको छ । आपूmले सोचेको सबै बेकार भयो जस्तो लाग्यो ।’
त्यस्तै जनकपुर उपमहानगरपालिका वडा नं. १६ का विजय चौधरीले जनकपुरधाममा यो तोडफोडले जनकपुरको भविष्य देखाई रहेको छ । मलाई पनि यस चौकबाट त्यस चौकसम्म जानका लागि धेरै समस्या नभएको होइन । यसमा जनकपुर उपमहानगरपालिका र टूाफिक कार्यालयलाई ध्यान दिनुपर्ने छ । कम्तिमा कुनचौकमा कसरी जाने सो व्यवस्थापनका लागि नगरपालिका र टूाफिकको सक्रियता देखाउनुपर्ने आवश्यक छ । यता जनकपुर उपमहानगरपालिकासँग यस सम्बन्धमा कुरा गर्दा सडक तथा नाला निर्माण कार्यमा तिव्रता कसरी दिने । बाटोघाटोलाई व्यस्थित पार्ने लगायतमा छलफल गरी निष्कर्ष निकाल्ने बताएका छन् ।जनकपुर उपमहानगरपालिका भित्र एशियाली विकास बैंकको ऋण सहयोगमा नाला तथा सडक निर्माण कार्य भई रहेको छ । सोही क्रममा जनकपुर उपमहा नगरपालिकाले घर भत्काउनमा अटेरी गर्नेहरुको घरमा डोजर भिडाएपछि घरधनीहरुले आफै तोड्न थालेका छन् ।

No comments:

Post a Comment