Sunday, April 15, 2018

हिलोपानी छ्याप्दै जुडशिलत मनाइयो


जनकपुरधाम,२बैशाख । मिथिलाको संस्कृति एवं प्राकृतिक पर्व जुडशितल धनुषा लगायत विभिन्न ठाउँमा आईतवार मनाइएको छ । ग्रामिण भेगमा पोखरी वा नदीमा एक आपसमा हिलोपानी छ्याप्दै मनाइएको छ ।
मिथिलाञ्चलका गाउँदेखि शहरसम्म फैलिएको विभिन्न समुदाय, भाषा, भाषि र जातजातिका परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानको रुपमा जुडशिलत पर्व मनाउने परम्परा रहेको छ । त्यसै क्रममा गंगासागर आरतीका संयोजक एवं प्रदेश सभा सदस्य रामअशिष यादवले युवा तथा बुजुर्गहरुलाई घाटमा नै जमघट गरी जुडशितल पर्वलाई निरन्तरता दिएको हो । शहरी भेगमा जुडशिलत पर्व हराउँदै गएको बेलामा संयोजक यादवले प्रत्येक वर्ष झै यसवर्ष पनि सो पर्वको निरन्तरता दिएको छ ।
‘जुडशितल प्राकृतिक पर्व हो ।’ अन्नबालीसँगै हिलोपानी दलेर यो पर्व खेल्ने गरिन्छ । यसले प्रचण्ड गर्मीबाट मानिसलाई जोगाउँछन,’ राजनीतिक विज्ञ भोगेन्द्र झा व्यथितले भने (‘ मधेशमा मिथिला संस्कृतिको एउटा आफ्नै किसिमको विशेषता आर्दशता तथा बैभवता भएको हुनाले मधेशीहरु मैथली संस्कृतिकसँग जोडिएको जुडशितल पर्वलाई परम्परागत रुपमा नयाँ वर्षको रुपमा मनाउदै आइरहेको ।’
जुडशितल पर्वलाई ठाउँ अनुसार कहि सतुआइन पर्व, कहि सिरुवा पर्व त कहिं बैशाखी पर्व भन्ने प्रचलन रहि आएको छ । मिथिला क्षेत्रमा खासगरी सतु आहनको नामले प्रसिद्ध पाएको जुडशितल पर्वमा पानीले भरिएको गाग्रो, सातु र आँपको टिकुला तथा पंखा मग्नतेहरुलाई दान गर्ने परम्परा रहि आएको छ ।आजैका दिन वडी, भात, दाल, तरुवा तथा पुरी लगायत बिशिष्ट किसिमका पकवान वनाउने गरिन्छ र एक दिन पहिले बनाएको उक्त पकवानहरु भोलीपल्ट भगवती एवम् आफ्ना घरका देवताहरुलाई चढाई खाने परम्परा रहि आएको छ ।जुडशितल शब्दलाई वेग्ला वेग्लै वर्गिकरण गर्दा जुडको अर्थ आर्शिवाद तथा शीतलको अर्थ शीतलता हो । अर्थात जुडशितल भनेको देवी भगवती एवम् देवता चढाई अंजुलीम खन्याई टाउकोमा माथि जुडाउनाले मस्तिष्कमा शितलता स्वरुप आर्शिवाद भेट हुन्छ भन्ने पौराणिक मान्यता रहदै आएको छ ।
राजनीतिकर्मी रोशन जनकपुरीले भने, ‘जुडशितल पर्वमा शीतलता प्रदान गर्ने भएकोले यस पर्वलाई महत्वका रुपमा लिने गरेको छ । उहाँले सूर्यको कडा तापको विरुद्ध मानव मात्रलाई शितलता प्रदान गर्न चलाइने साँस्कृतिक परम्परा नै जुडशीतल पर्व हो ।’
सतुआइन एवम् संस्कृतिको भोलिपल्ट हुने यो पर्वलाई स्थानीय लोकभाषामा वासी पर्व पनि भनिन्छ । यो पर्वको दिन घरको जेष्ठ एवम् पुरुषले एका विहानै स्नान गरी अघिल्लो राति नै देवी भगवति राखिएको पवित्र जल अंजुलीमा लिएर आफू भन्दा सानाको टाउकोमा जल क्षेपने गरिन्छ । त्यही जलले घर व्यवहारमा प्रयोग गरिने सबै सामाग्रीलाई जुडाउने गरिन्छ र उक्त दिन नै सबै बोटविरुवाहरुलाई जल हाली जुडाउने परम्परा रही आएको पौराणिक मान्यता रहेको छ । आजैका दिन देवी भगवतीलाई वासीभात, पुरी, तरकारी भोग लगाउने परम्परा रही आएको छ । घरको मानिस पनि आजैको दिन उक्त वासी खाना प्रसादको रुपमा खाने प्रचलन रहि आएको छ ।

No comments:

Post a Comment