Saturday, July 18, 2020

किसानको साथमा प्रदेश सरकारःकृषिमन्त्री साह


जनकपुरधाम, ३ साउन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेश सरकार प्रदेश २ का किसानहरुको साथमा रहेको दावी गरेका छन् ।
जनकपुरधाममा शनिवार आयोजित कोभिड १९ लकडाउन प्रभाव न्यूनिकरण ‘राहत÷ब्याज अनुदान स्वरुप चेक वितरण’ कार्यक्रममा मन्त्री साहले ६ हजार ७ सय ८१ किसानहरुले विभिन्न बैंकबाट लिएका ऋणको ऋण ब्याज भुक्तानी गरेको छ । चार महिनासम्मको सो ऋण ब्याज भुक्तानी गरेको बताइएको छ ।
धनुषामा १० हजार बढी किसानहरुले ऋण ब्याज भुक्तानीका लागि प्रदेश सरकारलाई आवेदन दिएका थिए । तर ती मध्ये पहिलो चरणमा कृषिमन्त्री साहले  ६ हजार ७ सय ८१ किसानको ऋण तिरेको हो ।
मन्त्री साहले ‘चेक वितरण’ कार्यक्रममा प्रदेश भरिबाट ८० हजार किसानहरुले ऋण ब्याज भुक्तानीका लागि प्रदेश सरकारमा निवेदन परेको छ । तर प्रदेश सरकारले पहिलो चरणमा ५० हजारको ऋण ब्याज भुक्तानी गर्ने बताएका छन् । प्रदेश सरकार प्रदेश २ का किसानको साथमा रहेकोले पहिलो चरणमा ३६ करोड रुपैया ऋण ब्याजका लागि छुट्याइएको समेत मन्त्री साहले बताएका छन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको मन्त्री साहले लगातार चार महिनासम्म लकडाउनको कारण किसानहरु बैंकको ऋण ब्याज तिर्न सकिने अवस्थामा नरहेकोले प्रदेश सरकारले सो ऋण ब्याज तिर्न लागेको बताएका छन् । उनले पहिलो चरणमा किसानहरुले ३ लाखसम्म ऋण लिएकाहरुको ऋण ब्याज भुक्तानी गर्ने औल्याएका छन् ।
‘प्रदेश सरकारका किसानहरुको ऋण तथ्यांक संकलन गर्दा विभिन्न बैंकबाट ८० अर्ब बढी ऋण लिएको छ’मन्त्री साहले भने, ‘किसानहरुको लगानी अनुसार उत्पादन छैन । किन भने सरकारले समयमा उनीहरुलाई मल, खाद्य र सिंचाई व्यवस्था गरिदैन ।’ किसानहरु कृषिमा  आत्म निर्भर छैन उनले थपे ‘नेपाल कृषि प्रधान देश भएपनि सरकारको लगानी कृषिमा ४ प्रतिशत रहेको छ ।’
अब प्रदेश सरकार दीर्घकालिन, माध्यमकालिन र अल्पकालिन योजना ल्याउन लागेको कृषिमन्त्री साहले भने ‘२७ प्रतिशत किसानलाई मात्र सिंचाई योजना रहेको छ । किसानहरु समस्यै समस्यामा परेको हो ।’
कार्यक्रममा आन्तरिका मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश साँसद रामअशिष यादव, चमेली देवी दास, परमेश्वर साह, सहकारी विज्ञ ध्रुबनारायण यादव सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए ।

No comments:

Post a Comment