Thursday, July 23, 2020

‘प्रदेश भरिकै दलितहरु आन्दोलनको तयारीमा’

जनकपुरधाम, ८ साउन । धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा शव फेला परेदेखि नै प्रदेशभरमा दलितहरुप्रति बढ्दै गएको हत्या, हिंसालाई मध्यनजर गरी दलित अगुवाहरुले अब प्रदेशभर आन्दोलन गर्ने तयारीमा जुटेका छन् ।
संयुक्त दलित संघर्ष समितिको विहिवार बसेको बैठकबाट सो निर्णय गरिएको हो । 
महिना नवित्दै आधा दर्जन बढी दलित समुदायका युवाहरुमाथि हत्या र हिंसा गरिएको छ । धनुषाकै हँसपुर नगरपालिकाका बस्ने शम्भु सदालाई कोरोनटाइन्समा उपचार सम्भव नभएपछि जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको अभावमा मृत्यु भएको छ । त्यस्तै सिरहामा दलित युवा १८ वर्षिय रोशन रामको अपहरणपछि हत्या भएको छ । सप्तरीमा त्रिलोकचन्द महरालाई अपहरणपछि हत्या गरिएको थियोे ।
प्रदेशका जिल्लाहरुमा क्रमिक रुपमा दलित समुदायमाथि हिंसा र हत्या दिन्हु बढ्दै गएपनि राज्यपक्ष मौन रहेको अवस्थामा बाध्य भएर प्रदेशभर आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको समितिका अध्यक्ष चन्देश्वर दासले बताएका छन् । 
जनकपुरधाममा विहिवार आयोजित बैठकमा विभिन्न जिल्लाबाट आएका दलित अगुवा नेताहरुले सो निर्णय गरेको छ । उनीहरुले दलितमाथि क्रमिक रुपमा हत्या, हिंसा बढेपनि नागरिक समाज, प्रदेश सरकार र सुरक्षाकर्मी मौन भएर बस्नु, दोषीमाथि कारवाही नहुनु दलितमाथि विभेद कायमै राखेको गुनासो पोखेका छन् ।
दलितहरु जुनसुकै पार्टीमा भएपनि दलितमाथि भई रहेको क्रमिक रुपमा आक्रमणको विरुद्धमा एकजुट भएर अगाडि बढनु बाहेक कुनै विकल्प नरहेको बैठकबाट निष्कर्ष निस्केको छ । सयौंको संख्यामा रहेका दलित अगुवाहरुले पहिलो चरणमा सडक आन्दोलन गर्ने र अर्को चरणमा दलित साँसदहरुसँग अन्तरक्रिया गरी संसदमाथि दवाव सृजना गराउने छलफल गरेका छन् ।
सदियौंदेखि शोषित, पीडित र अपहेलित छन दलितहरु । तर अब संगठित र शिक्षित भएको छ, हुँदैछ । अब दलितहरु संगठित भएर आन्दोलन गर्ने तयारी भई रहेको दलित अगुवा नेता चन्देश्वर दासले बताएका छन् । उनले भने ‘पहिलो चरणमा जनकपुरधाममा साउन ११ गते जनकपुुरधाममा अर्धनग्न जुलुस, साउन १३ गते सिटी जुलुस र साउन १५ गते मिर्दगन र पोस्टरचित्रलाई धर्ना कार्यक्रम राखिएका छौं ।’ उनले त्यसले पनि दोषीमाथि कारवाही र हामीहरुले न्याय नपाएमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन गर्ने बताएका छन् ।
प्रदेशका अन्य जिल्लामा पनि आन्दोलनका लागि संघर्ष समिति गठन भई सकेको छ । जनकपुरधामलाई केन्द्र बनाएर अर्को चरणमा आन्दोलन गर्ने दलितकै अगुवा नेता चन्देश्वर दासले बताएका छन् ।
छलफल कार्यक्रममा कम्युनिष्टका नेता देवसागर दास, पँचु माझी, वैद्यनाथ पासमान सहितका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment