Sunday, July 5, 2020

हँसपुरमा गर्भवती आमाहरुलाई पोषण समाग्री वितरण

जनकपुरधाम, २१ असार । धनुषाको हँसपुर नगरपालिकाका गर्भवती आमाहरुलाई पोषण समाग्रीहरु वितरण गरिएको छ ।
नगरपालिकाको १देखि ९ वडासम्ममा साढे १२ सय आमाहरुलाई सो सामाग्री वितरण गरिएको बताइएको छ । प्रत्येक वडामा वडा अध्यक्षको अध्यक्षता तथा सोही नगरपालिकाका मेयर रामज्ञान मण्डलको प्रमुख आतिथ्यमा गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको स्वास्थ्यकर्मी शिव कुमार मण्डलले जानकारी दिएका छन् ।
पोषण समाग्रीहरुमा प्रोटिन पाउण्डर, चाना, चिनी, नून, साबुन, रुमाल, नेलकटर, खाने तेल, पोषण सन्देश मुलक झोला सहितको रहेको छ ।
प्रत्येक वडामा ‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ मा स्वास्थ्यकर्मी, नागरिक समाज, उपमेयर सहित उपस्थितिमा रहँदै आएको छ । पोषण समाग्री वितरण गर्नु अघि गर्भवती महिलाहरुलाई स्वास्थ्यकर्मी शिव कुमार मण्डल र रामलोचन मण्डलले त्यो विधि र फाइदाहरुका बारेमा जनचेतना दिने कार्य गर्ने गरेको बताइएको छ ।


No comments:

Post a Comment