Wednesday, July 1, 2020

प्रधानमन्त्रीको राजिनामा माँग गर्दै नेपाली काँग्रेसद्वारा जनकपुरधामा प्रदर्शन

जनकपुरधाम, १७ असार । नेपाली काँग्रेस धनुषाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माँग गर्दै जनकपुरधाममा प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयबाट निस्केको विरोध र्याली नगरको परिक्रममा गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले वर्तमान सरकार भ्रष्टाचारी सरकार रहेको आरोप लगाएका छन् । उनीहरुले विदेशी महिलासँग विहे गरेमा सात वर्षपछि नागरिकता दिने प्रावधान महिला विभेदकारी रहेकोले त्यसलाई खारेजको माँग गरेको छ ।
विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी प्रतिको विभेद र नियन्त्रण गर्ने षडयन्त्र रहेको उनीहरुको आरोप रहेको छ । नागरिकता विद्येयक खारेज गर, ओली सरकार भ्रष्ट सरकार सहितको नारा लगाएका थिए ।

No comments:

Post a Comment