Friday, July 17, 2020

‘प्रदेश सरकारले महोत्तरीका ६,६३२ किसानको ऋण ब्याज तिरे’


जनकपुरधाम । महोत्तरीका ६  हजार ६  सय ३२ किसानलाई प्रदेश सरकारले शुक्रवार कृषि ऋण ब्याज तिरेको छ । चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनमा किसानले बैंकको ऋण ब्याज तिर्न नसकिदा प्रदेश सरकारले ४ महिनाको ऋण ब्याज तिरेको जनाइएको छ ।
कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण कृषकहरुमा पर्न गएको प्रतिकुल प्रभाव अन्तरगत प्रदेश सरकारले किसानहरुलाई ‘चेक हस्तान्तरण’ कार्यक्रम अन्तर्गत सो चेक वितरण गरिएको हो ।
महोत्तरीका १३ हजार २२९ जना किसानहरुले ऋण ब्याज तिरिदिने फारम भरेका थिए । ती मध्ये ६ हजार ६सय ३२ जना किसानको ऋण ब्याज प्रदेश सरकारले तिरेको छ ।
विभिन्न ६२ वटा बैंकबाट किसानहरु ऋण लिएका बैंकहरुलाई प्रदेश सरकारले ऋण तिरेको छ ।
जिल्ला समन्वय समितिका सभापति  सुरेश प्रसाद सिंहको अध्यक्षता भएको ‘चेक हस्तान्तरण’ कार्यक्रमका प्रमुख अतिथि रहेका भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन्  ।
कोभिड–१९महामारीका कारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेको छ।
जिल्लामा कुल १३  हजार २ सय २९ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ६ हजार ६ सय ३२ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएका हुन् ।
मन्त्री साहका अनुसार ती किसानहरुको ब्याज वापत २ करोड, ५१ लाख, ४० हजार ४४  रुपैयाँ ६२ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएका बताएका छन । मन्त्री साहले भने ‘आठ वटै जिल्ला भरी ८० हजारमध्ये कृषिक फार्म भरेको हो जसमध्य पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिर्ने निर्णय भएको छ ।’
किसानको भावना अनुसार प्रदेश कार्य गर्नेछ ः राज्यमन्त्री कुशवाहा
त्यस्तै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले किसानहरुको आवश्यता र भावना अनुसार प्रदेश सरकारले कृषि क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रदेश २ विशुद्ध रुपमा नै कृषि प्रदेश हो । किसानहरु आर्थिक रुपमा सम्पन्न भएमा यो प्रदेश स्वतःसम्पन्न हुने विश्वास छ ।’
राज्यमन्त्री कुशवाहाले किसानहरुको पीडा बुझ्ने प्रदेश सरकार नै हो । तराई मधेश कृषिमा आधारित भएपनि संघीय सकरारको उदासिनताको कारण किसानहरु पछाडि परेको बताएका छन् ।
किसानहरुको जिज्ञासालाई जवाफ फर्काउँदै उनले भने ‘प्रदेश सरकारसँग थोरै बजेट भएपनि आधुनिक कृषिमा लगानी गर्नेछ । तपाईहरु ढुक्क हुनुस्, प्रदेश सरकार यस प्रदेशलाई कृषि प्रदेशको रुपमा कार्य गर्नेछ ।’
त्यस्तै समाजिक विकास राज्य मन्त्री अभिराम शर्माले  प्रदेश सरकार पाँचवटा ‘स’ बाट निर्माण भएका बताएका छन् । उनले भने ‘शिक्षा ,स्वास्थ , सुशासन ,सिचाइ ,सडक  यो पाँच वटा प्रमुलाले निमार्ण हो ।’
कार्यक्रममा स्थानीय किसानहरुले मन्त्री ज्यूहरुसँग विभिन्न प्रकारको जिज्ञासा राखेका थिए ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाल, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र लगायतका व्यक्तिहरुले धारणा राखेका थिए ।

No comments:

Post a Comment