Monday, July 20, 2020

सर्लाहीका ५ हजार बढी किसानलाई ऋण मिन्हा भुक्तानी, आधुनिक कृषि योजना प्रदेशको प्राथमिकतामा ः मन्त्रीद्वय

जनकपुरधाम, ५ साउन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तेस्रो दिन सर्लाहीको मंलगवाका किसानहरुलाई ऋण ब्याज भुक्तानी गरेको छ । 
सर्लाहीका ५ हजार ८ सय ५३ जना किसानले विभिन्न बैंकबाट लिएको ऋणको ऋण ब्याज वापत करीब तीन करोड रुपैया मन्त्रालयले बैंकहरुलाई चेक मार्फत भुक्तानी गरेको छ । यि किसानहरुले १०९ वटा बैंकलाई भुक्तानी गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष मिथुर चौधरीको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले किसानहरुको कोभिड—१९ लकडाउन प्रभावकारी न्यूनिकरणका लागि प्रदेश सरकारको यो प्रयास रहेको बताएका छन् । मन्त्रीद्वयले प्रदेश सरकारको कृषि मन्त्रालयमा रहेको बजेट मध्ये  अधिकांश बजेट कृषि क्षेत्रकै लागि छु्ट्याइएको बताएका छन् ।


पहिलो चरणमा किसानहरुले ३ लाखसम्म ऋण लिएकाहरुको ऋण ब्याज भुक्तानी भईरहेको छ । प्रदेश सरकार दीर्घकालिन, माध्यमकालिन र अल्पकालिन कृषि योजना ल्याउन लागेको मन्त्रीद्वयले दावी गरेका छन् । प्रदेश २ मो ‘२७ प्रतिशत किसानलाई मात्र सिंचाई योजना पाई रहेका छन् । यसो हेर्दा किसानहरु समस्यै समस्यामा छन् मन्त्रीद्वयले भने ‘ किसानको सम्मानबाट नै समृद्ध प्रदेश बनाउन सकिन्छ । यस प्रदेशकै उन्नति कृषिमा रहेकोले प्रदेश सरकार कृषिमा अनुदान कार्यक्रम ल्याउन लागेको हो ।’ नेपाल कृषि प्रधान देश भएपनि सरकारको कृषिमा लगानी न्यून रहेको थियो । तर अब प्रदेश सरकारले देशलाई नै पाल्न सकिने कृषि योजना यस प्रदेशमा ल्याउन लागेको जिकिर पनि गरे ।
‘राजनीति परिवर्तनको नाउँमा सत्ता परिवर्तन मात्र भएको हो । मुलुकलाई चाहिने लगानीमा राज्यले अहिलेसम्म लगानी गरेको छैन । किसानहरुको अगाडि बढाउनमा  अहिलेपनि तीनै तहको सरकार असमर्थन छन् । अब आधुनिकीकरण खेतीको आवश्यकता छ । किसानहरुका लागि भूमि, कृषि सडक, सिंचाई, विउ, मलखाद र बजारीकरणका लागि प्रदेश सरकार दीर्घयामी योजना निर्माणमा हो’ भने
मन्त्रीद्वयले ‘प्रदेश सरकारका किसानहरुको ऋण तथ्यांक संकलन गर्दा विभिन्न बैंकबाट ८० अर्ब बढी ऋण लिएको छ । किसानहरुको लगानी अनुसार उत्पादन छैन । किन भने सरकारले समयमा उनीहरुलाई मल, खाद्य र सिंचाई व्यवस्था गरिदैन ।’ किसानहरु कृषिमा  आत्म निर्भर छैन उनले थपे ‘नेपाल कृषि प्रधान देश भएपनि सरकारको लगानी कृषिमा ४ प्रतिशत रहेको छ ।’
कार्यक्रममा प्रदेश साँसद अशोक यादव, विरेन्द्र कुमार सिंह, गौरी साह, सन्चमाया मुस्तांग तथा मेयर निरसन साह सहितका वक्ताहरुले किसानहरुको दुःख पीडाको बारेमा चर्चा गरेका छन् ।

No comments:

Post a Comment