Wednesday, July 22, 2020

मन्त्रीहरुद्वारा महोत्तरीको बाढी क्षेत्र अनुगमन


जनकपुरधाम, ८ साउन ।  निरन्तर वर्षाको कारण आएको बाढी क्षेत्रलाई प्रदेश सरकारका मन्त्रीहरुले दुई दिनदेखि अनुगमन गर्दै आएको छ ।
विपद् व्यवस्थापन अनुगमन समितिका संयोजक भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा मन्त्रीहरुको टोलीले मंगलवार धनुषाको कमला नदी वरिपरि तथा डुबान क्षेत्रमा अनुगमन गरेको थियो ।
त्यस्तै बुधवार महोत्तरीको बाढी डुबान क्षेत्रमा अनुगमन गर्दै बाढी पीडितहरुलाई समयमा राहत उपलब्ध गराउन स्थानीय तहका सरकारसँग मन्त्री सोनलले आग्रह गरेका छन् ।
अनुगमनकै क्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले बाढी पीडितसँग भेटर भने, ‘प्रदेश २ को बाढी क्षेत्रमा करीब १० बढी सुरक्षाकर्मीलाई प्रदेश सरकार खटाइएको छ । सुरक्षाकर्मीलाई बागमती नदीमा तालिम दिइने हो । बाढी पहिरोको कारण प्रदेश सरकार चिन्तित रहेको छ । प्रदेशका जनतासँग काँधमा काँध मिलाएर प्रदेश सरकार हिड्ने छ ।’

राज्यमन्त्री कुशवाहाले स्थानीय तह अन्तरगत रहेको ‘पालिका’लाई बाढी पीडितलाई तत्कालको आवश्यकता पुरा गर्नका लागि प्रदेश सरकारसँग समन्वय गर्न आग्रह समेत गरेको छ । उनले भने, ‘प्रदेश २ सधैं जोखिममा छ । वषार्याममा बाढी पहिरो, चिसोमा कठ्यङ्गएर मृत्यु हुने, घामको बोलामा ‘लू’ लाग्ने जस्ता समस्याबाट ग्रस्ति छ । प्राकृतिक विपद्का लागि संघीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार विपद् सहायता योजना ल्याउन लागेको हो ।’
बाढी क्षेत्र अनुगमानमा राज्यमन्त्री अभिराम शर्मा, सुरक्षाकर्मी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका मेयर, उपमेयर लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


No comments:

Post a Comment