Thursday, July 9, 2020

दलित सुकुमवासीको घर भत्काउन खोज्दा भन्छन–‘जग्गा छैन, कहाँ जाउ’


जनकपुरधाम, २४ असार । सडक विस्तारको क्रममा घर टहरा भत्काउन खोज्दा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ धर्मवान टोलमा बस्ने दलित सुकुमवासीहरुले सकडमै बसेर भने, ‘५० वर्षदेखि बस्दै आएका छौं, आफ्नो जग्गा छैन, कहाँ जाउँ ।’
५० वर्ष अघि यहाँ बस्ती थिएन, बाटो थिएन । त्यतिबेलादेखि नै हामीहरु बस्दै आएका छौं । अहिले धेरै वस्ती भई सकेको छ । बाटो पनि बनेको हो । एकतर्फ नदी र अर्कोतर्फ बाटो घरलाई चिपेर सँघुरो बनाई दिएको छ । अहिले त्यो घर पनि भत्काउन लागेको मनोज मल्लिकले गुनासो पोखेका छन् ।
घरको पश्चिममा नदी बगिरहेको छ । पूर्वमा बाटो रहेको छ । आफू दुबैतिरबाट खतरामा परेको हो । हामीहरु विकास विरोधी होइन, तर जग्गा उपलब्ध गरी घर बनाई दिएमा आफू आफै ती जग्गा खालि गरिदिने छौं अजय मल्लिकले बताएका छन् ।

फुसको घरमाथि कतिपयको छाना समेत छैन । दलित सकुमुवासीहरु भन्छन ‘आफूहरु सदियौंदेखि उपेक्षित छु । जब यहाँ बस्ती थिएन त्यतिबेलादेखि बस्दै आएका हौं । अहिले यहाँकै केही उच्च वर्गका समुदायहरु घर टहरा भत्काउन धम्की दिई रहेका छन् । तपाईहरु नै भन्नुस यस्तो अवस्थामा हामी कहाँ जाउँ एक्कै स्वरमा दलित सुकुम्बासीहरुले भने ।
खेतमा मजदुरी गरेर, पन्नी बिछेर वा सडक सफा गरेर उनीहरु गुजरबसर गर्दै  आएका छन् । शिक्षा र रोजगारबाट अहिले पनि वन्चित छन् । मेस्तर, डोम, हलखोर, चमार, तत्मा, दुसाध लगायतका दलितहरु बस्दै आएको छ ।
हामीहरुको अहिलेपनि राजनीतिमा पहुँच छैन, मत खसाल्न मात्र बुझेका छौ । राज्यले दलितहरुको उत्थानका लागि विभिन्न कार्यक्रम ल्याएको होला तर कार्यक्रममा हाम्रो समुदायका शायदै कोही होला मनोज मल्लिक भन्छन् ।
यो भन्दा अघि जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशनमै करीब सयौंको संख्यामा दलित वस्तीहरुलाई डोजर लगाएर भत्काईएको थियो । घर भत्काउँदा एकजनाको शोकबाट मृत्यु समेत भएको थियो । दलित सुकुम्बासीहरुले जनकपुरधाम उपमहानगरपलिका, प्रदेश २ सरकार, मानव अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय समेतमा ज्ञापन पत्र बुझाएका थिए । तर तिनीहरुले अहिलेसम्म नत जग्गा पाएको छ न त कुनै राज्यबाट सुविधा नै पाएको हो ।
प्रदेश सरकारले दलित विधेयक ल्याएको छ । समग्र रुपमा राम्रो भएपनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । निर्वाचनको बेलामा नेताहरु घरघर पुगेपनि आफतविपदको बेलामा कोही पनि साथ दिदैन दलित अगुवा नेता चन्देश्वर सादा भन्छन् । अब दलितहरु आफ्नो अधिकारको लागि अगाडि बढिसकेको छ । अहिलेपनि आफूलाई उच्च वर्ग भनाउनेहरु दलितमाथि शोषणदमन बन्द नगरेमा त्यसको परिणाम नराम्रो हुने ठोकुवा गर्दैछ ।जनकपुरधाम उपमहानगरपालिकाले घर टहरा हटाउन दलित सुकुम्वासीको घरमा नोटिस टाँस गरेको छ । ती नोटिसलाई पालना गराउनका लागि स्थानीय कृष्ण युवा कमिटी तथा धर्मवान टाल सुधार समितिले बल समेत प्रयोग गरेको उनीहरुको कथन छ । सोही वडाका वडा अध्यक्ष शत्रुधन साहले पनि त्यसमा सहयोग गरेको रहेछ । जबकि ती दलित सुकुम्वासीहरुलाई व्यवस्थापन वा जग्गा उपलब्ध बारेमा कसैले केही भन्न सकेको छैन ।

हामी विकास विरोधी होइन ः दलित अगुवाहरु
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा सडक फराकिलो गर्ने क्रममा उपमहानगरपालिकाले घर टहरा हटाउन जारी गरेको नोटिसलाई मध्यजर गर्दै दलित अगुवाहरुले भने ‘हामी विकास विरोधी होइन, तर भूमीहीनहरुलाई जग्गाको व्यवस्थापन गरिदिनु पर्यो ।’घर टहरा भत्काउने केही उच्च वर्गका जातिहरुले हातपात गर्न खोज्दा त्यहाँ पुगेका दलित अगुवा चन्देश्वर सदा, रामपृत पासमान,  रामेश्वर महरा लगायतकाहरुले वर्षोदेखि बस्दै आएका दलितहरुप्रतिको यस्तो व्यवहारले हामी दुःखी रहेको गुनासो पोखेका छन् । उनीहरुले दलितमाथिको ज्यादती अब सहन नहुने भन्दै क्रमबद्ध रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, प्रदेश २ को कार्यालय, मानव अधिकारको कार्यालय लगायतमा ज्ञापनपत्र बुझाउने र त्यसप्रति पनि गम्भीर नभएर चरणबद्ध रुपमा आन्दोलन गर्ने चन्देश्वर सादाले चेतावनी दिएका छन् ।यता सोही वडाका वडा अध्यक्ष शत्रुधन साहले दलितहरुको पाँचसय घर मध्ये केही सुकुम्बासी रहेको र तिनीहरुको व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि अहिलेसम्म कुनै जवाफ नफर्काइएको बताएका छन् ।



No comments:

Post a Comment