Tuesday, July 7, 2020

‘हँसपुर नपाका जेष्ठ नागरिकहरु सम्मानित’



जनकपुरधाम, २३ असार । हँसपुर नगरपालिका वडा नं. १ का जेष्ठ नागरिकहरुलाई एक समारोहबीच मंगलवार सम्मान गरिएको छ ।
सोही वडाका वडा अध्यक्ष कामेश्वर कापडको अध्यक्षतामा भएको ‘जेष्ठ नागरिक सम्मान’ कार्यक्रमका प्रमुख अतिथि मेयर रामज्ञान मण्डलले जेष्ठ नागरिकको सम्मानले हाम्रो समाज नै सम्मानित भएको बुझ्नु पर्ने बताएका छन् । उनले भने, ‘जेष्ठ नागरिक हाम्र्रो अभिभावक हुन । उनीहरुबाट सधैं केही नकेही सिख्नु पर्छ । जेष्ठ नागरिकलाई सम्मान नगर्ने व्यक्ति मानव नै हुन सक्दैन ।’
उनले कोरोना जस्ता महामारी रोगबाट बच्न र बचाउन हामी सबैको दायित्व रहेको भन्दै जेष्ठ नागरिकहरुलाई ख्याल गर्न हाम्रो दायित्व रहेको जिकिर गरेका छन् । दर्जनौंको संख्यामा रहेको जेष्ठ नागरिकहरुलाई दोसल्लाबाट सम्मान र आयुर्वेदिक गोरखा शक्तिप्रास लगायतको समाग्रीहरु समेत प्रदान गरेको छ ।
मेयर मण्डलले जेष्ठ नागरिक हाम्रो आमा बुवा सम्मान हुन । जेष्ठ नागरिकलाई सम्मान गर्नुकै मतलव आमाबुवालाई सम्मान गर्नु हो । प्रत्येक नागरिकलाई आमाबुवालाई सम्मान गर्नका लागि आग्रह गरेका छन् ।
कार्यक्रममा उपमेयर रेणु झा सहितका राजनीतिक दल, समाजिक अगुवा सहितको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment