Monday, July 13, 2020

अब च्यूरा र ठकुवाको लागि लड्नुपर्छ ः मन्त्री सोनल

जनकपुरधाम, २९ असार । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले अंगिकृत नागरिकतामाथि संकेत गर्दै अब हामीहरुलाई ‘च्युरा, ठकुवा र सेवाई’को लागि लडनुपर्ने अवस्था आएको जिकिर गरेका छन ।’
जनकपुरधाममा सोमवार मधेश ग्रामिण विकास परियोजनाद्वारा आयोजित ‘१२ औ वार्षिकोत्सव र सम्मान कार्यक्रममा’ मन्त्री सोनलले नेपाली पुरुष विदेशी महिलासँग विवाह गरेर ल्याएमा ७ वर्षपछि अंगिकृत नागरिकता पाउने सन्दर्भमा चर्चा गर्दै भने, ‘सरकार नेपाल भारतबीचको सामाजिक, धार्मिक र संस्कृतिक सम्बन्ध तोड्न लागेको छ । नेपाल भारतबीच हाम्रो राजनीतिक सम्बन्ध मात्र होइन, च्युरा, ठकुवा र सेवईको सम्बन्ध पनि हो । नेपालबाट हामी च्युरा र ठकुवा भारत लिएर जान्छौं र त्यहाँबाट नेपाल आउँछ । यी सम्बन्धलाई सरकार बिग्रान खोजेको हो ।’
सहकारीमाथि व्यग्य कस्दै मन्त्री सोनलले नेपालमा सरकारी भन्नाले असहयोगकारी तथा गैर सहकारी भन्नाले असरकारी बुझ्नुपर्ने बताएका छन् । सहकारीको प्रशंसा गर्दै उनले भने ‘भारत लगायतका मुलुकमा सहकारी विद्यालय, सहकारी उद्योगधन्धाहरु लगायतका छन् । तर हाम्रो नेपालमा सहकारीको संख्या बढी भएपनि प्रभावकारी हुन नसक्नमा सरकारकै कमीकमजोरी रहेको छ । प्रदेश सरकारको बजेट नै कम भएकोले जनताको भावना अनुसार सहकारी मार्फत कार्य गराउन सक्ने अवस्थामा छैन ।’
राजनीतिक प्रसंगमा मन्त्री सोनलले राजनीतिक परिवर्तन त भएको छ, तर सामाजिक परिवर्तन भएको छैन । जबसम्म राजनीतिक र सामाजिक परिवर्तन हुँदैन तबसम्म मुलुकमा विकास सम्भव नरहेको जिकिर गरेका छन् । प्रदेशलाई आर्थिक र सामाजिक रुपमा बलियो बनाउनका लागि सामाजिक अवधारण अनुसार अगाडि बढ्नुपर्छ । जबसम्म आफूमा दलवा ल्याउँदैन तबसम्म विकासको परिकल्पना गर्न सकिदैन उनले थपे ‘काठमाडौं भन्दा राम्रो राजधनी बनाउनका लागि हामी सबैलाई सपना देख्नु पर्छ । सपनामा अडिंग रहनुपर्छ ।’
परियोजनाका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश साँसद रामअशिष यादवले स्वराज र स्वशासनका लागि आफ्ना आफ्ना कर्तव्य गर्नुपर्छ । अहिलेसम्म संघीय सरकारले प्रदेश २ सँग विभेद गर्दै आएको स्पष्ट रहेको दावी पनि गरेका छन् ।
साँसद यादवले कोरोना जस्ता महामारी रोगको नियन्त्रणमा संघीय सरकारको भूमिका शुन्य रहेको बताएका छन् । उनले भने, ‘प्रदेश सरकारको पनि भूमिका छैन, तर संघीय सरकारभन्दा राम्रो छ । संघीय सरकारले गण्डकी प्रदेशमा एक अर्ब अनुदान दिएका र प्रदेश २ मा २ करोड ७७ लाख अनुदान दिएको छ । जबकि जनसंख्याको अनुपातमा प्रदेश २ सबभन्दाबढी छ । संघीय सरकारको विभेद कसैसँग लुकेको छैन ।’
प्रदेश २ मा भई रहेको घटना परिघटनाको दोषी संघीय सरकार रहेको साँसद यादवले दावी गरेका छन् । उनले प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पतालमा राजु सदाको मृत्यु, सीमावर्ती क्षेत्रमा विरेन्द्र यादव लगायतको मृत्युको जिम्मेवार पनि संघीय सरकार रहेको छ । राज्यले अहिलेसम्म किन उनीमाथि कारवाही नगरेको हो त ? प्रश्न समेत गरेका छन् ।
त्यस्तै अर्का प्रदेश साँसद परमेश्वर साहले सरकारी, गैर सरकारी तथा निजीसँग सहकार्य गरेर अगाडि बढेमा मात्र लक्षित वर्गको उत्थान र सामाजिक विकास सम्भव रहेको बताएका छन् ।
उनले एक सरकार अर्को सरकारसँग समन्वय गरेर अगाडि बढनुपर्ने अति आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा सहकारी विज्ञ धुब्रनारायण यादव, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, सदस्य परमेश्वर साह, दलित नेता तथा पूर्व साँसद रामप्रवेश बैठा, सामाजसेवी वैद्यनाथ साह, राँकी साह सहितका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार ओम प्रकाश साहले गरेका थिए ।
वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा पत्रकार, सामाजसेवी, व्यापारी तथा कलाकारहरु सहित दर्जनौं व्यक्तिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन ।

No comments:

Post a Comment